शान्ति समाजका दुई दर्जन धेरै अधिकारकर्मी प्रहरी नियन्त्रणमा
काठमाडौं माघ १२ । सरकार अदालतलाई नै प्रभावित पार्ने गरी अघि बढेको भन्दै विरोध गर्न बालुबाटार पुगेका मानव अधिकार तथा शान्ति समाजका दुई दर्जन बढी सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड सहित प्रदर्शन गर्न बालुबाटार पुगेका समाजका सदस्यलाई नियन्त्रणमा लिएको हो ।
सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सहित २६ जना रहेका छन् ।