ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको भ्याक्सिन लगाउने ६ सय स्वास्थ्य कर्मीलाई भर्चुवल तालीम

विभिन्न देशहरुले आफ्ना नागरीकहरुलाइ कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसक्दा नेपालले पनि भारत सरकारबाट अनुदान स्वरुप प्राप्त भएको १० लाख डोज खोप माघ १४ गतेबाट लगाउन सुरु गर्ने भएको छ ।त्यसको लागी सरकारले सोमबार भर्चुअल माध्यमबाट नै देशभरका ६ सय भन्दा बढि स्वास्थ्यकर्महरुलाइ तालीम दिइरहेको छ ।

सबैभन्दा पहिले अग्रमोर्चामा खटिएर काम गरेका सुरक्षाकर्मी,सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाइ लगाउने सरकारको योजना छ । नेपाललाइ भारतसरकारले अनुदान स्वरुप प्रदान गरेको १० लाख कोभिसिल्ड खोप बुधबारबाट देशभरका ४ लाख ३० हजार नागरीकहरुलाइ लगाउन सुरु गर्ने भएको छ । देशभरका ६२ अस्पताल र १ सय २० बढी खोपकेन्द्रबाट एकैसाथ सुरु गर्ने भएको छ ।

माघ १४ गते बिहान१० बजेबाट सुरु हुने खोप कार्यक्रमको उद्घाघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट गर्ने छन् । अग्रमोर्चामा रहेर काम गरेका सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी,सरसफाइकर्मी लगायत वृद्धाआश्रम र कैदिहरुलाइ पहिलो प्राथमिकतामा खोप लगाउने छ ।

खोप लगाएपछि हुन सक्ने सम्भावित असर भएका व्यक्तिको उपचार व्यवस्थापनको लागि आवश्यक तयारी पूरा गरेको मन्त्रालयले जनाएको छ। खोप अभिायनको लागि स्वास्थ्य सेवा बिभाग आपुर्ति महाशाखाले आइतवार नै सातै प्रदेशमा खोप पठाइसकेको छ । खोप कसरी लगाउने भन्ने बारेमा सोमबार भर्चुअल माध्यमबाट सम्बन्धीत सबै स्थानमा तालिम दिने काम भइरहेको छ ।

सोमबार देशभरका ६ सय भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई कोरोनाबिरुद्धको खोप सम्वन्धी तालिम दिइदै छ । आगामी १४ माघ देखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु गर्ने योजना बनाएको सरकारले ७७ वटै जिल्लाका जिम्मेवार स्वास्थ्य अधिकारीहरुलाई खोप बारे तालिम दिन लागेको छ । तालिममा खोप कसरी लगाउने, खोपको दुरुपयोग हुन नदिन के के तरिका अपनाउने,कसरी सुरक्षित रुपमा प्रयोग गर्ने लगायतका प्राविधिक पक्षका बारेमा सिकाइनेछ ।

खोप लगाइसकेपछि आउन सक्ने समस्या र त्यसको समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा समेत प्राविधिक तथा नीतिगत जानकारी गराइने महाशाखाका प्रमुख डा भिमसिंह तिंकारीले बताए । भारतले सहयोग गरेको कोरोना विरुद्धको पहिलो चरणमा १० दिन भित्र सक्ने गरी सरकारले तयारी सुरु गरेको छ । पहिलो चरणमा ४ लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष राखिएको छ । जसमा अग्रपंत्तीमा खटिनेलाई खोप प्रदान गरिने छ ।

माघ १४ गते ७ वटै प्रदेशका ६२ अस्पताल तथा १ सय २० भन्दा बढि खोप केन्द्र र काठमाडौंका ठूला अस्पतालबाट एक साथ हुने मन्त्री त्रिपाठिले बताए । त्यस्तै १८ गते सम्ममा ७७ वटै जिल्लाका ३ सय बढि खोप केन्द्रबाट खोप वितरण गरिने भएको छ । यस्तै उपत्यकाका सरकारी अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगाएतका अस्पतालमा बुथ राखेर खोप दिने तयारी गरिएको महाशाखाका प्रमुख डा भिमसिंह तिंकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *