ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा(दाहाल-नेपाल) समुहले घोषणा गर्यो तेस्रो चरणको आन्दोलनको घोषणा, माघ २८ मा पुन शक्ति प्रदर्शन

काठमाडौं माघ १२ । नेकपा( दालाह- नेपाल) समुहले तेस्रो चरणको आन्दोलनको घोषणा गर्दैं माघ २८ गते बृहत प्रदर्शन गर्ने जनाएको छ ।

केन्द्रीय संघर्ष समितिले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ १३ गतेदेखि माघ २८ गतेसम्मका लागि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसमा अघिल्लो प्रदर्शन भन्दा ठूलो प्रदर्शन तथा जनसभा गर्ने उक्त समुहको भनाई छ ।

तेस्रो चरणको आन्दवलनमा माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस,माघ १४-२१ सम्म संविधानसभा सदस्य, संघीय सांसद सदस्य तथा प्रदेशसभा सदस्यले धर्ना कार्यक्रम गर्नेछन्। माघ १६ गते सहिद दिवसको अवसरमा शान्तिवाटिकादेखि लैनचौरसम्म र्‍याली, माघ १५ गते बुटवल, १६ गते विराटनगर र माघ १७ गते धनगढीमा क्षेत्रीयसभा गर्ने जानकारी दिइएको छ ।

 माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र माघ २८ गते काठमाडौंमा पुनः आमसभा गर्ने नेकपा (दाहाल नेपाल) समुहको कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *