ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली राजनीतिलाई कसरी हेर्छन विदेशमा पशिना बगाई रहेका नेपाली ?

काठमाडौं माघ १२ । २००७ सालको राजनीतिक उपलव्धि पछि नेपालले विकासमा चमत्कार गर्ने धेरैको अपेक्षा थियो । जहानीया राणा शासनको अन्त्य गरेका काँग्रेस र कमन्युष्टले नेपालको मुहार फेर्ने धेरैले अनुमान गरेका थिए । तर परिस्थिती त्यसको विपरीत बन्यो । राणा शासनको अन्य भएपनि राजाहरु नेपाली राजनीतिमा सकृय हुदाँ दलहरुले आफु अनुकुल काम गर्न नपाएको जनाए । राजा महेन्द्रको प्रजातन्त्रमाथीको ‘कु’का कारण २०४६ सालको जनआन्दोलनले नेपाल प्रजातन्त्रको पुन: स्थापना गर्न सक्यो ।

नेपाली नागरिक स्वयमको सहभागितामा संविधान बनाउनु पर्ने माग राख्दै तत्कालिन माओवादीले हतियार उठायो । माओवादी आन्दोलन र सात राजनीतिक दलको अथक प्रयासका कारण २०६२- ६३ मा अर्को आन्दोलन भयो र नेपाल राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गर्यो । राजाका ठाउँमा जनताका छोराछोरी राष्ट्र प्रमुख बने ।

जतताको प्रत्यक्ष सहभागितामा संविधान निर्माण गर्ने भन्दै दुई -दुई पटक संविधान सभाको निर्वाचन भयो भने अस्थिर सरकारका लामै सूची तयार भए । संविधान निर्माण प्रमुख दायित्व बताउने सरकारले अस्थिरतालाई नै विकासको सवै भन्दा ठूलो वाधक भएको प्रचार प्रसार गरे । यहि समयमा नेपालमा राजनीतिक परिवर्तनका अनेकौं उदाहरण बने पनि विकासमा शून्य गति कायम रहयो । तर नेताका भाषण तथा चुनावी घोषणा पत्रमा कहिले जापान तथा कहिले सिंगापुर बनाउने प्रतिवद्दताले जनताले मतदान गरिरहे ।

मुलुकको पुन: संरचना पश्चात भएको निर्वाचनमा नेकपालाई करिव करिव दुई तिहाइ बहुमत सहित पाँच बर्ष सरकारको बागडोर सञ्चालनको जिम्मा दिए । तर नेकपाको आन्तरिक विवाद मिलाउन नसकेको भन्दै पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिती तोके ।

स्थिर सरकार विकासको पहिलो सर्त भनेका राजनीतिक दलले जनताको सपनामा तुसारातपात मात्र गरेन्न अहिले एकले अर्कोलाई सिद्याउन गरेका भाषा र शब्दले जनता अझ आजित बनेका छन् । बिकासको पर्यायका रुपमा आफूलाई व्याख्या गर्न रुचाउने प्रधानमन्त्री ओलीले नै यस अघिका बहुमत सरकारले समेत संसद विघटन गरेको भन्दै संसद विघटन गरिदिएपछि नेपाली जनताको आशाको दियो क्रमश निभ्न थालेको छ ।

मुलुक कोरोना भाइरसले आक्रान्त बनेको समयमा सरकारले जनताको निशूल्क उपचार गर्न नसक्ने भन्दै पन्छिएको विषय तथा खोपका लागि भिख माग्न थालेको समयमा एकाएक निर्वाचनको घोषणा गर्दा जनतामा आक्रोषसंगै आस्चार्य प्रकट भएको छ । त्यसमाथी विदेशमा आफुले बगाएको रगत पसिनाबाट आफ्नै बाबुआमाको उपचार नहुने तर निर्वाचनको मिति तोकिदाँ उनीहरुको आक्रोष अझ बढेको छ ?

विदेशमा गएर केही पैशा कमाउने र त्यहाको सिप र पशिना नेपालमा सदुपयोग गर्ने उदेश्य सहित विदेश पुगेका युवाहरु नेपालको राजनीतिक हाल देखेर वाक्क दिक्क भएको प्रतिकृया दिन्छन् । राजनीतिक दलसंगै नेपाली जनताले सहि विकल्प छान्न नसक्दा यो अवस्था आएको कतिपयको बुझाई छ ।

करिव दुई दशकदेखि अष्ट्रेलिया बस्दै आएका पाँचथर फिदिमका दिपक निरौला देश विकासको सामुहिक भावना नभएकै कारण नेपाल यो अवस्थामा गुज्रन परेको तर्क गर्छन् । नेपाली राजनीतिक नेतृत्वमा म मात्रै राम्रो, मैलेमात्र खानु पर्ने भन्ने मानसिकताको उपजका कारण नेपाल गरिव देशको सूचिमा अग्रणी स्थानमा हुने गरेको उनको तर्क छ ।

कसरी मिलेर देश बनाउ भन्ने विषयमा नेताहरुको छलफल कहिलै हुन नसकेको तथा भिजन नै नभएको उनको भनाई छ ।  उनी भन्छन् –‘ कसरी मिलेर देश बनाउने ? के गर्दा देश विकास हुन्छ ? देश विकासको आधारभुत विषय के हो भन्ने नै छैन । खाली नेताहरमा कसरी हुन्छ आफ्नो दुनु सोझ्याउने, आफन्तलाई कहाँ सेटल गर्ने भन्ने मात्र चिन्ता छ अनी कसरी देश विकास हुन्छ ?’

अहिले पनि कुनै काम गर्न नदिएर, वा कोही कसैले भनेको नमानेका आधारमा यस्तो अवस्था आएको हैन नेताहरुको व्यवस्थापन वा भाग मिलाउने विषय नमिल्दा यस्तो अवस्था आएको उनको बुझाई छ ।

उनी देशको यो अवस्था आउन जती नेता दोषी छन् तेति नै दोषी जनता समेत रहेको बताउछन् । पुरानै पार्टी वा चूनाव चिन्हको पछिलाग्ने जनताको प्रविर्तिका कारण नेताले जनतालाई सधै गुम्राहमा राखेको उनको भनाई छ । उनी भन्छन् – ‘ २०४६ साल देखि हेर्ने हो भने कुन नयाँ पार्टी आयो ? कुन नयाँ नेता आयो ? सधै तेही नेता, तेही पार्टी भन्यो  झन्डा बोक्यो हिड्यो । काम नगर्ने पार्टी र नेतालाई जनताले बहिस्कार गर्न किन नसक्ने ?’

काठमाडौं सुन्दरीजलकी लक्ष्मी श्रेष्ठ अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिव एक दशक वितिसकेको छ । उनलाई अव नेपालमै आएर सामाजिक तथा नेपाली साहित्यमा समय विताउने रहर छ । तर नेपालको राजनीतिका कारण उनी वाक्क छिन । नेपाली राजनीतिको फोहोरी खेलबाट नेपाल र नेपालीकै अस्तित्व संकटमा पर्ने हो कि भन्ने उनको चिन्ता छ ।

नेता झन भन्यो झन मोटाउने(धनी) र जनता गरिविको मारबाट कहिलै उक्सन नसकेको उनको भनाई छ । नेतृत्वको नात वाद र कृपावादका कारण देश कुरुप बनेको भन्दै उनी भन्छिन् – ‘आफ्ना आफन्त र चम्माहरुको मात्र भलो सोच्ने र आफुलाई मात्र होस भन्ने उदेश्य लिएर कुकुरले हड्डीको टुक्रा तानातान गरेजस्तै कुर्सी तानातान गरेपछि देश र जनताको अवस्था कस्तो हुन्छ ?’

नेपालको राजनीति दुशीत हुनुमा पहिलो तहका नेता जत्तिकै जिम्मेवार दोस्रो तहका नेता तथा कार्यकर्ता समेत रहेको उनको बुझाइ छ । शिर्ष तहका नेताको कठपुतली बन्दै आफ्नै छोराछोरीको अभिवस्यमाथी खेलबाड गर्ने कस्तो राजनीतिक संस्कार उनको प्रश्न छ । -‘सधै नेपाल बन्द, स्कुल बन्द, जलस्रोतको धनी देशमा खाने पानी छैन । जता ततै अध्यारै अध्यारो छ । आफ्ना छोराछोरी बहंगो विदेशी स्कलमा पढाउने नेताले जनताका छोराछोरीको अवस्था कस्तो छ ? जानकारी हुन पर्छ कि पर्दैन  ?’

प्युठान एरावतीका अर्जुन थापा बहराईनमा सेनविच आर्टिस छन् । उनलाई नेपालमा नै आएर आफ्नो शिप सदुपयोग गर्ने रहर छ । तर नेपालको माहोल हेर्दा नेपाल आइहाल्ने अवस्थामा पनि उनी छैनन् । एउटा सानो काम गर्न समेत घुस दिनु पर्ने भएकाले आफुले व्यवसाय गर्दा ढुक्क हुने अवस्था उनी देख्दैन् । गाउँ- गाउँमा सिंहदरबारको नारा विदेशमा नै हुदाँ सुनेका थापालाई खुशीको सिमा थिएन । तर जव जव उनी गाउँमा पुगेको सिंहदरवारमा हुने वेथीति र भष्ट्रचारका समचार पढ्छन् सुन्छन् उनको उत्साह सबै सकिन्छ ।

छिन छिनमा हुने राजनीतिक खिचातानी र त्यसको प्रभावले हैरान भएका छन्  – ‘हामीले पठाएको रेमिट्यान्सको सदुपयोग कहिले हुने । जनता भोक भोकै सडकमा हुदाँ एक छाक खाना दिन नसक्ने सरकारसंग यत्रो ठुलो निर्वाचन गर्ने पैशा कहाँबाट आयो ? के यसैका लागि विदेशमा युवाले पशिना बगाएका हुन ? उनको प्रश्न छ । उनी अघि थप्छन्  –‘ मैले पठाएको रेमिट्रान्सको सदुपयोग तव हुन्छ, जव नेपालमा भष्ट्राचार रोकिन्छ। देशमा बिकासको लहर आउछ । रोजगारीको श्रीर्जना हुन्छ । राजनीतिक दल इमान्दार हुन्छन् ।‘

पछिल्लो संसद विघटनमा ओलीसंगै प्रचण्ड तथा माधव नेपाल पनि उत्तिकै जिम्मेवार भएको थापाको तर्क छ । नीतिगत लडाइ नभएर कुर्सीको लडाई भएको भन्दै थापा यसको देशले ठूलो मूल्य चुकाउनु पर्ने दावी गर्छन् । जनता महामारीमा भएको बेला जनताका अभिभावक भनिनेहरु खाली कुर्सीको लडाइमा लाग्दा दुख लाग्ने गरेको उनको गुनासो छ । नेपाली नेताहरु जनता केन्द्रित नभएको बताउने थापा जनताले समेत समयको सदुपयोग गर्न नसकेको तर्क गर्छन् । उनको भनाई छ-‘ नेपाली जनतालाई बारम्बार मतदानको अधिकार आइरहेको छ । कस्तो नेता छान्ने भन्ने पुर्ण अधिकार जनतासंग हुदाँहुदैँ पनि दुर्भाग्यबस पैशाबाल,गुडाँगर्दी गर्ने, भष्ट्रचारीले चुनाव जितिहरेका छन् । नेपाली जनताले किन पटक पटक तिनैलाई जिताउछन् ? तेसैले यो अवस्था आउनुमा हामी जनता पनि उत्तिकै दोषी छौं । ‘

पोखरा लेखनाथ उपमहानगरपालिका १४(हाल दक्षीण) कोरियाका सुरज गौतमलाई शत्ता र शक्तिका लागि जुन सुकै हदसम्म पुग्ने बानीले हैरान बनाएको छ । नेताहरुको एक अर्कालाई गर्ने पछिल्लो टिक्का टिप्पणी सुन्दा पनि लाज हुन थालेको उनको भनाई छ । उनी भन्छन् – ‘केही दिन अघिसम्म संगैहुदाँ एक अर्काको गुनगान गाउँने नेताहरुका पछिल्ला भाषण सुन्दा पनि घिन र लाज लाग्न थालेको छ । कहिले राष्ट्रवादको उघ्र नारा त कहिले एक अर्काको सत्तो सराप यहि हो नेतृत्वमा हुने गुण ?  यस्ता नेता त देशको लागि बोझ हुन थाली सके ‘

देशको यो अवस्था आउनमा राजनीतिक नेतृत्व दोस्रो तथा तेस्रो तहका नेता, तल्लो तहका नेता तथा कार्यकर्ता र जनता सवैको भूमिका भएपनि सवै भन्दा पहिले ठूला मै हुँ भन्ने नेताहरुले यसको अवजस लिन सक्नु पर्छ । किनकी राम्रो भयो भने मैले गरेको भन्नेले नराम्रो पनि मेरै कारणले भयो भनेर स्विकार गर्न सक्नु पर्ने उनको तर्क छ ।

विदेशमा रहेरका नेपालीको पसिनाबाट आएको रेमिट्यान्सबाटै नेपाल यहाँसम्म पुगेको बताउने गौतम नेपालको भष्ट्रचारबाट भने निसार छन् । यही गतिमा रेमिट्यान्स पठाउने र त्यसको सहि सदुपयोग गर्ने हो भने नेपालमा नै हिरा फलाउन सकिन्छ । तर नेपालका नेताहरुको प्रविर्ति हेर्यो भने रुन मन लाग्छ उनको भनाई छ ।

बुटवलकी प्रिया राना अहिले ब्राजिलमा बस्दै आएकी छन् । नेपाल आउने मन भएपनि नेपालको अवस्था हेर्दा के गर्ने भन्ने निस्कर्षमा भने उनी पुग्न सकेकी छैनन् । २००७ साल देखि नै नेपालमा ठूला राजनीतिक परिवर्तन भएपनि जनताले दिएको जनादेशको कहिलै कदर नभएको उनको बुझाई छ । राजनीतिक परिवर्तनका लागि श्रम जिवीको वकालत गरेपनि  अन्ततह निरंकुशता र प्रतिगमनमा नै धकिलिएको उनको भनाई छ । उनी भन्छिन् – ‘आफैले निर्माण गरेको संविधान, संविधानमा हस्ताक्षर गर्ने व्यक्तिले नै संविधानमा व्यवस्थानै नभएको अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्ने जुन काम भयो त्यो साच्ची नै दु:खद र संविधान विपरित छ । सर्वोच्चमा विचाराधिन भएका कारण एक आशा अदालतमा भएपनि यस प्रकारको राजनीति रवैया जनअपेक्षाको विपरित छ ।‘

देश र जनता प्रति प्रतिवद्ध हुन नसकेको राजनीति र विदेशी शक्ति केन्द्रको प्रभावका कारण आजको समस्या आएको बताउने राना आम नागरिकलाई पटक पटक जनता प्रतिको दाहित्व निर्वाह नगर्ने नेतृत्वलाई पाठ पढाउन सक्नु पर्ने तर्क गर्छिन उनी भन्छिन-‘पार्टि भित्रको विवादलाई लिएर संविधानमानै नभएको कदम चाल्ने जुन कदम भएको छ त्यो साच्चिकै लज्जास्पद र गैरजिम्मेवार कदम हो । घर झगडा भयो भनेर घर नै आगो लगाउने काम विवेकपूर्ण हो र ? अव आम नागरिकले यस्ता गैर जिम्मेवार नेतृत्वलाई उचित पाठ पढाउन  जरुरत छ । ‘

राजनीतिक दल भित्रका गुट उपगुटका कारण दोस्रो तहका नेतालाई शिर्ष नेताको भजन गाउन नै ठिक्क छ । तेसैले दोस्रो तहका नेताबाट अपेक्षा गर्नु आफ्नै मुर्खता हुने बताउने राना आजको अवस्था श्रीर्जना हुनुमा उच्च स्तरका नेतालाई मुख्य जिम्मेवार ठान्छिन् । ‘ देश र जनताका लागि के नै गर्छौं भनेर हजारौको बलिदान  पछि सत्तामा पुगेका वा शत्ताको रसस्वाधन गरेका व्यक्तिहरुको गैर जिम्मेवारी र निजी स्वार्थ नै आजको अवस्था श्रीर्जना हुनुको मुख्य कारण हो ।‘ उनको भनाई छ ।

कलाकार आङ गेलु शेर्पालाई पनि विदेशमा नेपालमा भएका गतिविधिले दुख लाग्ने गरेको सुनाउछन् । घुमफिरको क्रममा अमेरिका पुगेका शेर्पा नेपालमा माओवादीको शसत्र आन्दोलनका कारण उतै पलायन हुन बाध्य भए । सधै राजनीतिक अस्थिरता गतिरोधका समाचार पढ्नु पर्ने वाध्यता रहेको सुनाउने शेर्पा कहिले नेताहरुमा चेतना आउछ ! कुरी रहेको बताउछन् ।

दुई – दुई पटक लगाएर संविधानसभाबाट निर्माण भएको संविधान तिनै संविधान निर्माणकर्ताबाट दुरुपयोग हुदाँ दु:ख लागेको बताउदैँ राजनीतिक नेतृत्वले आफु अनुकुल जनतासंग गलत व्याख्या गरेको भन्दै जनताले नै उनीहरुलाई सजाय दिनु पर्ने उनको मत छ ।  दोस्रो तहका नेताहरुले समेत बुढा नेताहरुलाई पाख लगाएर नेतृत्व नलिने हो भने मुलुक जहिलै पछिको पछि रहने उनको भनाई छ । शेर्पा भन्छन् –‘आफैलै निर्माण गरेको संविधानको गलत प्रयोग गरी संसद विघटन गर्ने अनि आफै जनतामा गलत ब्याख्या गर्ने काम भइरहेको छ । तेसैले अव जनता सजक हुन पर्छ र जतनाले नै सजाय दिनु पर्छ । जसका लागि दोस्रो तहका नेताहरु तयार हुनु पर्यो । बुढाहरुलाई विश्राम दिएर नेतृत्व आफुले लिन सक्ने हिम्मत गर्न सक्नु पर्यो न की उनीहरुकै अघि पछिमात्र दौडनु भएन । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *