ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल माघ १२ गते सोमबार तदनुसार सन २०२१ जनवरी महिनाको २५ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, मृगशिरा नक्षत्र, व्दादशी तिथी, इन्द्र योग, बब करण, आज चन्द्र वृष राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको ४ बजेर १७ मिनेटबाट ५ बजेर ३८ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानको ८ बजेर १५ मिनेट देखि ९ बजेर ३६ मिनेटसम्म रहने छ, राहुकालमा महत्वपूर्ण शुभ कार्यहरु वर्जित छन्।

(१) मेष राशीः

मेष राशीवालाहरुलाई अपरान्हपछि विस्तारै परिस्थिती राम्रो हुन थाल्नेछ, बिरामी हुुनुहुन्छ भने निरोगिता प्राप्ति हुन थाल्दछ, कार्यमा सफलता, धन लाभ, मित्र भेट वा मित्र सहयोग , शत्रु बाधाबाट मुक्ति, दाम्पत्य सम्बन्ध सुमधुर हुने, छोटो दूरीको यात्रा अथवा भ्रमण पनि हुने सम्भावना छ ।

(२) वृष राशीः

अपरान्हसम्म समय राम्रो छ, सकारात्मक सहयोग पाइने । आत्मबलमा बृद्धि । लाभहरु हुने, उत्तम भोजन मान सम्मान प्राप्ति हुने योग छ  । अपरान्ह पछि सावधानि अपनाउनु होला, मानसिक तनाव बढने, कार्यहरुमा मन नजाने, धनको वचतमा ध्यान कमि आउने योग बन्नेछ, नजीकका व्यक्तिसँग आज वादविवाद नगर्नुहोला ।

(३) मिथुन राशीः

अपरान्हपछि दिन राम्रो रहनेछ । पराक्रममा वृद्धि, खर्चमा कमि आउने, अहिलेसम्म चलिरहेको मानसिक  अशान्तिबाट मुक्ति पाउन सक्ने । परिवार, कुटुम्ब तथा मित्रहरु माझ भएका असमझदारीहरु हटनेछन, सकारात्मक विचार र उत्साहले मनोबल बढने । भाग्यको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुखमा ध्यान जान सक्ने, दाम्पत्यजीवनका विवादहरु हटने, प्रयासरत अविवाहितहरुको लागि विवाहको कुरा आउने योग बनेको छ, व्यापार व्यवसायमा सुखद परिवर्तन हुने, कसै कसैलाइ घरबाट टाढा बाहिर जानुपर्ने वा भ्रमण गर्नुपर्ने अवस्था पनि  आउन सक्छ ।

(४) कर्कट राशीः

दिन मध्यम रहने छ । महत्वपूर्ण कार्यहरु बाँकी छन भने अपरान्ह सम्म सम्पन्न गरिसक्नुहोला । अपरान्ह पछि आत्मबल कायमै राख्ने, आलस्य र अनावश्यक खर्चबाट बच्ने । संक्रामक रोगहरुबाट जोगिने,  योग र ध्यान तिर समय दिनुहोला ।। प्राविधिक विषयका विद्यार्थीहरु विदेशको तयारीमा छन भने समय राम्रो छ, प्रतियोगिता परीक्षा आदिको लागि पनि दिन राम्रो छ । व्यापार व्यवसायमा वैदेशिक लगानी, ज्वाइन्ट भेन्चर अथवा आउटसोर्सिगंको लागि राम्रो दिन छ

(५) सिंह राशीः

दिन राम्रो रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । अपरान्ह पछि धन लाभ, मित्र भेट, उत्तम खानपान, ससाना उपलब्धि हासिल भइ दिनको अन्त्य प्रसन्नतामा हुनेछ । विद्यार्थीहरुलाई समय राम्रो छ । प्रेम प्रसंगको लागि अपरान्ह पछि समय अनूकुल बन्नेछ ।

(६) कन्या राशीः

अपरान्ह पछि दिन राम्रो रहनेछ । अभिष्ट कार्य सिद्धि, सबै कामहरु  आफूले सोच अनुरुप हुनेछ । स्वास्थ्य उत्तम रहनेछ । धन र सम्मान प्राप्त हुने योग छ । जागिरमा सफलता, बढुवाको लक्षण देखिएको छ प्रयास गर्नुहोला, आफना माथिकाहरु तँपाइसँग खुशी हुनेछन । भौतिक पारिवारीक सुख उत्तम रहनेछ।

(७) तुला राशीः 

दिन मध्यम छ । राम्रो समय आउँदैछ । केही समय पर्खनुहोला, स्वास्थयको विशेष ख्याल गर्ने, तनावबाट बच्ने, कलह, विवाद र झगडा बाट टाढै रहने । दाम्पत्य जीवन सुमधुर रहने छ । प्रेमिहरुको लागि भने समय अनुकुल रहने छ । व्यवसायी वर्गले आज लगानी नगर्दा राम्रो ।

(८) वृश्चिक राशीः

दिन मध्यम रहनेछ । भौतिक सुख, वैवाहिक सुख, मान सम्मान, मिष्ठान्न भोजन, व्यापारिक साझेदारी अथवा व्यवसायिक कार्यहरु, अफिसियल कार्यहरु  अपरान्हसम्म शुरु गरेमा राम्रो, प्रेम सम्बन्धमा सुखद अवसर, मनोरन्जनमा समय बित्ने । धन लाभ, व्यवसायमा रोकिएको कार्य बन्ने छ । अपरान्ह पछि अलिकति सावधानी अपनाउनुहोला, रोग र विवादबाट टाढै रहनुहोला।

(९) धनु राशीः

दिन राम्रो रहनेछ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने,  भोग विलास र मनोरन्जनमा समय बित्नेछ । सन्तान पक्षको भने विशेष ख्याल गर्नुहोला । विद्यार्थी हरुलाइ गीतामा राम्रो हुने । व्यापार व्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि दिन राम्रो छ ।

(१०) मकर राशीः

मकर राशीवालाहरुलाइ अपरान्ह पछि राम्रो समय शुरु हुनेछ, कार्य क्षेत्रको गतिरोध हटने, विद्यार्थीहरुको एकाग्रतामा वृद्धि भइ पढाइमा मन जाने, मानसिक तनावमा कमी आउने । निरोगिता प्राप्ति, प्रेम सम्बन्धमा मधुरता आउने ।  धनलाभ हुने, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । व्यापार व्यवसायमा दिन राम्रो भएकोले लगानी गर्दा हुन्छ । अनैतिक आचरण बाट टाढै बस्नु होला ।  सन्तानको भने विशेष ख्याल गर्नुहोला ।

(११) कुम्भ राशीः

धन र प्रतिष्ठा मा वृद्धि हुने, शत्रु पराजित, कार्य सफलता, विवाहको कुरा चल्ने, पुत्र सुख, जागिरमा लाभ, व्यापार व्यवसायमा प्रगति हुने योग छ । तथापी अनावश्यक खर्च नगर्ने । मन चन्चल  नबनाउने । विद्यार्थीहरुको पढाइमा ध्यान दिने ।  अफिसमा रहँदा अनावश्यक नबोलौं । पेट सम्बन्धि ध्यान दिनुहोला, सन्तानको तर्फ विशेष ध्यान दिएमा राम्रो । प्रेम सम्बन्धमा भने असझदारी बढन सक्छ ।

(१२) मीन राशीः

मीन राशी वालाहरुलाई अपरान्हसम्म कार्यमा सफलता, यात्रा वा भ्रमण हुने । आरोग्यता प्राप्ति , मान सम्मान मा वृद्धि । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु परास्त हुनेछन् । प्रयास गरेमा धन लाभ हुने । अपरान्ह पछि सावधानी अपनाउनु होला । आफन्त  तथा बन्धुबान्धवबिच को विवादबाट बच्ने, चिन्ताबाट टाढा रहने, स्वास्थयको ख्याल गर्ने, मनलाइ दोमन नबनाउनुहोला । खर्चमाथि लगाम कस्दा राम्रो । व्यवसायमा सावधानी अपनाउनुपर्नेछ । आज लगानी नगर्दा राम्रो । नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्ने । कलह बाट बच्ने प्रयास गरेमा दिन शुभ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *