ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला फुटबल लिगः आर्मी र एपिएफ विजयी

काठमाडौं, माघ ११ । विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफले आ–आफ्नो प्रतिद्वन्द्वीमाथि समान ७–० को फराकिलो अन्तरले पराजित गर्दै जित निकालेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएका खेलमा आर्मीले वालिङ नगरपालिका र एपिएफले विराटनगर नगरपालिकामाथि शानदार जित निकालेका हुन् । आर्मीबाट विमला चौधरी र एपिएफकी सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरेका थिए ।

आर्मीलाई जित दिलाउन ह्याट्रिक गरेकी विमलाले १५औ, ६६ औं र ७५ औं मिनेटमा गोल गरेकी थिइन् । दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजुङ्गा राईले एक–एक गोल आफ्नो नाममा लेखाए । पहिलो खेल पुलिससँग गोल रहित बराबरी खेलेको आर्मीले दुई खेलमा ४ अंक बनाएको छ ।

यस्तै एपिएफले विराटनर नगरपालिकामाथि फराकिलो जित निकाल्दा सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । सावित्राले २५, ४२, ७४ र ८९औं मिनेटमा एपिएफका लागि गोल गरेकी थिइन् । यस अघि नवौं मिनेटमा गोलको खाता खोलेकी अनिता केसीले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेकी थिइन । सरु लिम्बुले ७२ औं मिनेटमा गोल गरिन् ।

‘लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो । विराटनगरले २ खेलमा १ अंक जोडेको छ । विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *