पहाडी क्षेत्रमा आंशिक वदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, बाँकी क्षेत्रको मौसम सफा

काठमाडाैं, माघ ११ । काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।