ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा मानिस हराउने डरलाग्दो तथ्याङ्क: वार्षिक १० हजार हराउँदा २ हजार भेटिन्छन् ।

नेपालमा वार्षिक ८ देखी १० हजार मानिस हराउने गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

जसमध्ये जम्माजम्मी २ हजार देखी २५ सय मात्र हराएका मध्ये फेला पर्ने गर्दछन् । तिन आर्थिक वर्षको तथ्याङक हेर्दा:

२०७४/७५ मा हराउने मानिसको संख्या: हेर्दा १६ सय ८६ पूरुष, ४ हजार २ सय ६१ महिला, १ हजार ४ सय ७ बालक, १ हजार ४ सय ८ बालिका गरि ८ हजार ७ सय ६२ हराएकोमा

हराएकोमा फेला पर्ने संख्या:

३ सय ७२ पूरुष ८ सय ५ महिला ४सय ७ बालक ६ सय १० बालिका गरि २ हजार १ सय ९४ जना फेला परेका छन् यो तथ्याङ्ले हेर्दा १ वर्षमा ६ हजार ५ सय ६८ जना कहाँ गए पत्तो  छैन ।

२०७५/७६ मा:  २ हजार ४ सय ८ पूरुष, ५ हजार ८ सय ५२ महिला, १ हजार ५१ बालक, २ हजार ३६ बालिका गरि ११ हजार ३ सय ४७ जना हराएका छन् ।

हाराएकोमा फेला पर्ने:

५ सय ८९ जना पूरुष १ हजार ५ सय ५ महिला, ८ सय २५ बालक, १ हजार ७ सय १५ बालिका गरि जम्मा ४ हजार ६ सय ३४ फेला परेका छन् । यो तथ्याङक हेर्दा ६ हजार ७ सय १३ जना अज्ञात छन् ।

७६/७७ मा: १ हजार ८ सय ६८ पूरुष, ४ हजार ६ सय २ महिला, ८ सय ३१ बालक, १ हजार ८ सय ९८ बालिका, ३९ जना जेष्ठ नागरिक गरि ८ हजार ६ सय ९८ जना हराएकोमा

हराएकोमा फेला पर्ने:

६ सय ९१ पूरुष, १ हजार ४ सय ६९ महिला, ३  सय बालक, ६ सय ६५ बालिका, १८ जना जेष्ठ नागरिक गरि ३ हजार १ सय ६५ जना फेला परेका छन् । यो तथ्यङकमा  ५ हजार  ५ सय ३३ जना गुमनाम छन् ।

२०७७/७८ को तथ्याङमा: ७ सय ४४ पूरुष, १ हजार ९ सय ८६ महिला, २ सय ३१ बालक, ९ सय बालिका, ३८ जना जेष्ठ नागरिक गरि ३ हजार ७ हराएकोमा

हराएकोमा फेला पर्ने

९ सय ८ पूरुष, ८ सय १६ महिला, १ सय ८८ बालक, ४ सय ३४ बालिका, १५ जना जेष्ठ नागरिक गरि १ हजार ७ सय १७ जना फेला परेका छन् । यस्तै २०७७ साउन देखी मंसिरसम्म पाँच महिनामा पूरुष, महिला, बालक, बालिका, जेष्ठ नागरिक गरि ३ हजार ५ सय ६१ जना हराएकामा १ हजार ५ सय १९ जना फेला परेका छन् ।४ महिनाकै अविधमा मात्र २ हजार ४२ जना अज्ञात छन् ।

सरासर २०७४/७५ देखि २०७७/७८ सम्म हेर्दा:

६ हजार ७ सय ६ पूरुष, १६ हजार ७ सय १ महिला, ३ हजार ५ सय २० बालक, ६ हजार २ सय ४२ बालिका, ५४ जेष्ठ नागरिक गरि जम्मा ३३ हजार २ सय २३  हराएकोमा  २ हजार ५ सय ६९ पूरुष, ४ हजार ५ सय ९५ महिला, १ हजार ७ सय ४२ बालक, ३ हजार ४ सय २४ बालिका, ३३ जना जेष्ठ नागरिक  गरि जम्मा १२ हजार ३ सय ६३ जना  फेला परेका छन् । २० हजार ८ सय ६० को अवस्था अज्ञात छ

यसरी   हराउनुमा प्रहरी प्रशासननै चुस्त हुन नसक्नु, गरिबि आर्थिक समस्या मनोसामाजिक प्रभाव,    खुला सिमाना, खुला सडक सन्जाल , लैङ्गिक हिंसा, मनोसामाजिक प्रभाव, गरिबि, धर्म परिवर्तनको विषय बढी फैलिनुले हराउनेको संख्या बढेको मानव अधिकारका क्षेत्रका जानकार गौरी प्रधानको भनाई छ ।

हामी आन्तरिक केही समस्यामा जेलिएको समयमा केही अपराधिक गतिविधिमा संलग्न हुनेहरुले अवसरको रुपमा लिएका हुन्छन् अधिकारकर्मी गौरी प्रधान बताउँछन् । सुरक्षा निकायको पहुँच बढाउने, जनचेतना फैलाउने तालिमहरु गराई सुरक्षासंयन्त्रलाई चुस्त बनाउन सके यस्ता गतिविधि रोक्न ठूलो सहयोग हुन्छ अधिकारकर्मी गौरी प्रधान बताउँछन् ।

मानव अधिकार आयोगले भने सरकारकै निकायमा नियमन र आफूहरुले मानव अधिकारका निम्ती गरेका सिफारिस कार्यन्वयन नहुँदा यस्तो समस्या देखिएको बताएको छ ।

दैनिक यसरी मानिस हराईरहँदा न्यून संख्यामा भेटिने गर्दछन्  धेरै त मानव तस्करमा समेत पर्ने गर्छन यसले नियमन खोजतलास गर्ने निकायमा ठूलो प्रश्न खडा गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *