ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाबिरुद्धको खोप कोभिसिल्ड ,सातवटै प्रदेशमा आइतबार जादै

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ, १० माघ । सरकारले १४ गतेबाट अग्रमोर्चामा खटिएर काम गरीरहेका सुरक्षाकर्मी ,स्वास्थकर्मी ,सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने ब्यक्तिहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने योजना बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै सातवटै प्रदेशमा पठाउने गरि तयारी गरेपनि औषधि व्यवस्था विभाग तर्फको केही कागजी काम बाँकी रहेकोले खोप पठाउने प्रक्रिया आइतबार मात्र हुने भएको छ ।

मन्त्रालयले सात प्रदेशका ७७ वटै जिल्लामा कार्यरत कोरोना विरुद्धको लडाइमा दिनरात नभनि अहोरात्र खटिएका स्वास्थकर्मी लगायत अन्य फ्रन्टलाइनमा काम गर्ने ब्यक्तिहरुलाई लगाउन ४ लाख ५० हजार डोज खोप पठाउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महशाखाले दुईवटा ठूला रेफ्रिजरेटर भ्यान पूर्व र पश्चिम जाने छ । भने गण्डकी प्रदेशका लागि खोप लिन उताकै भ्यान आइसकेको छ । बागमती प्रदेशका लागि काठमाडौँ उपत्यकासहित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे दोलखा, रामेछाप लगायतका जिल्लाहरुमा काठमाडौँबाटै खोप वितरण गर्ने सरकारको योजना रहेको छ ।


भारत सरकारले अनुदानस्वरुप नेपाल सरकारलाइ १० लाख डोज खोप दिएको छ । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनु पर्ने सरकारको नीति छ ।

खोप १४ देखि १८ माघ भित्र शुरु गर्ने सरकारको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबिरुद्धको खोप यही माघ १४ गते देखि शुरु गर्ने बताएका छन् । तर अहिले सम्म खोपहरु प्रदेश पुग्न सकेको छैन । स्वास्थ मन्त्रालयले १४ देखि १८ गते भित्र देशभरका ७७ वटै जिल्लामा खोप पुर्याएर पनि लगाउन शुरु गर्ने योजना बनायको गुणस्तर तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *