ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री कपः एपिएफ सेमिफाइनलमा

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडाैं, माघ १० । कर्णाली प्रदेशमाथि ७१ रनको जित निकाल्दै विभागीय टोली एपिएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपीएफले लगातार तेस्रो जित निकालेको अन्तिम चारको ढोका खोलेको हो । कर्णालीको हारले अको विभागीय टिम त्रिभुवन आर्मी क्लबको पनि अन्तिम चारको ढोका उर्घेको छ ।

एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४३.२ बलमा सबै विकेट गुमाएर मत्र १ सय ४७ रन जोड्न सक्यो । कर्णालीका हेमन्त ओली एक्लैले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हारलाई टार्न सकेनन् । यस्तै हिमान्सु शाहीले २० रन जोड्दा कप्तान रविन्द्र शाहीले १४ रनको व्यक्तिगत स्कोर बनाएर पवेलियन फर्किए । अविशेक ठकुरी र राज साहले समान १२/१२ रन जोडे । एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३/३ विकेट हात पार्दा भुवन कार्कीले २ विकेट आफ्नो नाममा लेखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए । भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए । सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए । किशोर महतो २५ रनमा नटआउट रहे । कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३/३ विकेट लिए । दिवन पुन र राज साहले २/२ विकेट लिए ।

तीन खेलबाट स्पष्ट जित निकालेको एपिएफले समूह तालिकामा ६ अंक जोडेको छ । एपिएफ तालिकाको शीर्ष स्थानमा छ । यस अघि प्रदेश–१ र गण्डकीलाई हराएको थियो । यस समूहमा समान ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । कर्णालीको यो तेस्रो हार हो । हारसंगै कर्णाली बाहिरिएको छ । कर्णालीले ४ खेलमा २ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *