ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेपालमा कोरोना भाइरस पसेको एक बर्ष पुरा:सतर्कता हैन भाग्यले बाचेका नागरिक

सेयर गर्नुहोस
  • 63
  •  
  •  
  •  
    63
    Shares

काठमाडौ माघ १० । केही साता यता नेपालका अधिकांश स्थानमा प्रदर्शन हुने गरेका छन् । सरकारले लकडाउनको घोषणा गर्दै मानिसलाई वाहिरसम्म निसक्न नदिएको केही महिना नपुग्दै दैनिक हजारौको सङ्ख्यामा मानिसहरुको भिडभाग बढेको हो ।

विश्वमाझ फैलिएको कोरोना महामारीका कारण सरकारले स्वास्थ्य सम्वन्धि विभिन्न प्रोटोकल अपनाउन समुदाय स्तरमा प्रचार प्रशार गरिरहेको थियो र छ पनि । पूर्वप्रधानमन्त्री, मन्त्री तथा सांसदहरु सडकमा उत्रदा समेत कोरोनाबाट बच्ने स्वास्थ्य उपाय अपनाएको देखिदैन । सडकमा हेर्दा कोरोनाको कुनै संक्रमण थियो र ? भन्ने जस्तो लागेपनि दैनिक ५- ७ जना मानिसहरु कोरोनाको सिकार भइ रहेको सरकारी तथ्याङ्कले देखाउँछ भने नेपालमा अझ संक्रामक नयाँ भाइरस भित्रिएको भन्दै सजक रहन आग्रह गरिरहेको छ ।

त्यसो त कोरोना भाइरस नेपाल प्रवेश गरेको एक एक बर्ष पुरा भएको छ । गतबर्ष माघ ९ गते चीनबाट आएका नेपाली युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषा घर भएका ३२ वर्षीय ती युवामा कोरोना पुष्टि हुदाँ उनी भने घरमा थिए । नेपालमा आफ्नै प्रयोगशाला नभएकोले उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो ।

नेपालमा कोरोना संक्रमण पुष्टी भएको ३ दिन पछि अर्थात माघ १२ गते देखी सरकराले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नमुना परीक्षण सुरु गर्यो । भने अहिले ८० बढि प्रयोगशालाबाट पिसिआर परिक्षण हुदैँ आएको छ । पहिलो संक्रमित पुष्टि भएको ठ्याक्कै २ महिनापछि चैत १० गते फ्रान्सबाट नेपाल आएकी १८ बर्षिय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्टै सरकारले देश व्यापी लकडाउनको घोषणा गर्यो । सिमा नाकामा कडाइ गर्नुका साथै अन्तराष्ट्रिय विमानस्थलमा थप कडाइ गरीएपनि भारतबाट नेपाल फर्कनेको व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थाल्यो ।

लकडाउन तथा निशेधाज्ञाका विचपनि सिमा नाका व्यवस्थित हुन नसक्दाँ भारतसँग जोडिएका प्रदेश २ का नाका क्षेत्र कोरोनाको हटस्पट बन्न पुग्यो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न समिति बनाएर काम गरेपनि स्वास्थ्य सामग्री खरिद प्रकरणले सरकारको आलोचना चुलियो । व्यवस्थित नहुदा क्वारेन्टिन भित्रै आत्महत्याको विषयले सरकार थप आलोचित बन्यो ।

माघ १० गते देखी चैत महिनाभित्र जम्मा ६ जनामा संक्रमण पुष्टि भएकोमा लकडाउन अवधीमा देशभर १७ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भयो । लकडाउन खुलेसँगै संक्रमण र मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपनि पछिल्लो समय संक्रमितको संख्या न्युन हुदै गएको छ । हालसम्म संक्रमितको संख्या २ लाख ६९ हजार पुग्दा २ हजार भन्दा बढीको मृत्यु भएको छ ।

झण्डै ९ महिनापछि सम्पुर्ण क्षेत्र खुल्ला हुदा जनजिवन सामान्य जस्तै देखिएपनि संक्रमणको जोखिम अझै पनि कायमै छ । त्यसैमाथी कोरोनाको नयाँ भेरियन्ट समेत फेला परेकोले सतर्क रहन विज्ञहरुले सुझाव दिइरहेका छन । महामारी चरम विन्दुमा पुगेको बेला अस्पतालमा बेड अभाव हुदा उपचारकै अभावमा विरामीले मृत्यु वरण गर्नुपर्ने दुखद अवस्था समेत आइलाग्यो । महामारीको बेला दैलोमा पुगेको विरामी फर्काउने नीजि अस्पतालहरुले पछि मनोमानी रुपमा रकम असुल्दै विपदलाइ ब्यापारमा समेत बदले ।

महामारी नियन्त्रणका लागि सरकारले बेलैमा सतर्कता अनपनाउदा तथा उचित ब्यवस्थान नहुदा श्रमिक तथा न्यून आर्थिक अवस्थाका नागरिकले ब्यहोरनुपरेको हैरानी र सकस असाध्यै बन्यो । दशै तिहार जस्ता ठुला चाडवाडको बेला घटाइएको पिसिआर परिक्षण त्यसपछि थप विस्तार हुन सकेन । परिक्षणको दायरा नै संकुचित बनाएर संक्रमण घट्यो भन्ने भ्रम फैलाएको भन्दै सरकार प्रति विज्ञले टिप्पणी गरिरहे । महामारीको त्रास कम नभएकै बेला नेपालमा राजनीतिक रुपमा गएको भूइचालोले नागरिकहरु थप निराश बने ।

अन्य मुलुकहरु रोकथाम तथा नियन्त्रणका लागि हरसंभव प्रयत्न गरिरहदा विथोलिएको राजनीतिले महामारी पहिलो प्रार्थमिकतामा पर्न सकेन । यावत जटिल परिस्थितिका विच अहिले पछिल्लो समय संक्रमण नियन्त्रण उन्मुख रहेको सरकारको दाबी छ । विश्व स्वास्थ्य संगठनका अनुशार यदि कुनै मुलुकमा १२ प्रतिशत भन्दा कम संक्रमित पुष्टि हुन्छन भने ती मुलुकहरु महामारीको सुचीबाट हटिने छ । नेपालमा अहिले परीक्षणमध्येको ८ देखी १० प्रतिशत मात्र संक्रमित पुष्टि हुने गरेको छ ।

माघ १० गते कोरोना संक्रमण पुष्टी भएको एक पर्ष पुरा हुदै गर्दा भारत सरकारको अनुदानमा १० लाख डोज कोरोन विरुद्धको खोप नेपाल भित्रिइसकेको छ । अधिकांश विकासोन्मुख मुलुकले खोप नपाइरहेको अवस्थामा भारतले अनुदानमा उपलब्ध गराएको खोपले आशाको सन्चार गराएको छ । सो खोपलाइ सबै प्रदेशमा पुर्याएर प्रार्थमिकताका आधारमा लगाउने तयारी भैरहदा थप आवश्यक खोपको ब्यवस्थापनमा लागिरहेको सरकारको भनाइ छ । सरकारले ७० प्रतिशत नागरिकलाइ निशुल्क खोप उपलब्ध गराउने बताइरहदा थप खोप कहाँबाट कसरी ल्याउने भन्ने भने यकिन भैसकेको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा जनताको मन जित्न नसकेको सरकारका अन्य अलोकप्रिय निर्णयका कारण भएका उपलव्धि समेत ओझेलमा परे । स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्रीहरुकै संलग्नताको आरोप तथा मन्त्रीहरुले नियम मिचेर पटक पटक कर्मचारी सरुवा गर्दा मन्त्रालयले दिने सेवा समेत पूर्ण रुपमा प्रभावित बन्यो । यसरी सरकारको काम गर्ने शैली तथा पछिल्ला समय देखिएको स्वास्थ् असावधानीले कोरोनाको एक बर्ष मात्र भाग्यले बाचेको प्रष्ट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *