देशभर २ सय ३२ जना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं माघ १० ।देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ५ सय ४१ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र १ सय ९ जना सहित देशभर २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६९ हजार जना पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण १ हजार ९ सय ९४ जना रहेका छन्। गत चौबीस घण्टामा देशभरबाट ३ सय ८६ जना डिस्चाज भएका छन् । हालसम्म डस्चार्ज हुने संख्या २ लाख ६३ हजार ७ सय ३४ जना रहेका छन् । हालसम्म कोरोनामुक्त हुने प्रतिशत ९७ दशमलव ९ प्रतिशत हो ।
देशभर क्वारेन्टिनमा १ सय ४७ जना रहेका छन् । भने संक्रिय संक्रमित संख्या ३ हजार ४ सय ५२ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ४८ जना र भेन्टिलेटरमा २६ रहेका छन् ।