कोरोना विरुधको भ्याक्सिन वितरणमा कुन प्रदेशमा कस्ले नेतृत्व गर्ने ?
काठमाडौं माघ १० । भारतबाट कोरोना विरुधको खोप नेपाल ल्याएसंगै सरकारले सातवटै प्रदेशमा वितरणका लागि संयोजक तोकेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना विरुधको खोपकोको व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको छ ।
भारतबाट आएको १० लाख खोप प्रदेशमा पठाएको मन्त्रालयले प्रदेशमा खोप अभियान सञ्चालनका लागि खोप लगाउने व्यक्तिको नामावली संकलन, तयारिका क्रममा हुने समस्या समाधान र सहजिकरणको जिम्मा लगाएको छ ।
प्रदेश अनुसरा जिम्वेवारी पाउने महाशाख प्रमुखहरु
प्रदेश १- डा. तारानाथ पोखरेल,
प्रदेश २- डा. मदनकुमार उपाध्याय,
बागमती प्रदेश- डा. गुणराज लोहनी,
गण्डकी प्रदेश-डा. जागेश्वर गौतम,
लुम्बिनी प्रदेश- डा विकास देवकोटा,
कर्णाली प्रदेश-डा. अनुज भट्टचन र
सुदूरपश्चिम प्रदेश- डा.कृष्ण पौडेल