ट्रम्पमाथिको अविश्वासको प्रस्तावमा हुने छलफल सर्यो
एजेन्सी , माघ १० । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा हुने सुनुवाई कम्तीमा आउँदो महिना (फेब्रुअरी) सम्मका लागि धकेलिएको छ ।
माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु नगर्ने सहमति सिनेटका डेमोक्र्याट र रिपब्लिकनबिच भएको पछि कम्तिमा फेब्रुअरीसम्म सुनुवाई नहुने भएको हो ।
तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्तावमाथि सिनेटमा फेब्रुअरी ८ सम्म सुनुवाई सुरु हुने छैन । चुनावको नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए ।हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको हो ।