ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश सरकारमा प्रतिपक्षीको दाउ- मुख्यमन्त्री पहिलो शर्त

काठमाडौं माघ १०। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश सरकारमा आफ्नो उपस्थिती देखाउने संकेत गरेको छ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुधको अविस्वासको प्रस्तावमा शुक्रबार भएको छलफलमा सभापति शेरबहादुर देउवाले जसले मुख्यमन्त्री दिन्छ उसैलाई सहयोग गर्ने वताएका थिए ।

केन्द्र र सबै प्रदेशमा प्रतिपक्षीको सिटमा पुगेको कांग्रेसले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक बताएपनि यसको भरपुर फाइदाँ उठाउने पक्षमा सभापति देउवा देखिन्छन् । धेरै प्रदेशमा निर्णायक शक्ति देखिएको काँग्रेसले जता समर्थन गर्यो तेतै बहुमत पुग्ने भएका कारण सभापति मुख्यमन्त्रीमा कांग्रेसको दावी गर्ने रणनीतिमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले वैठकमा मुख्यमन्त्री मागको विषयमा असहमति प्रकट गरेपनि प्रदेशमा कांग्रेसले राजनीति गर्ने प्रष्ट पारिसकेका छन् । निर्वाचनको मिति तोकिएको समयमा प्रदेश सरकारको भुमिका प्रत्यक्ष जोडिने हुदाँ पनि काँग्रेस प्रदेश सरकारको खेलमा मैदान उत्रने अनुमान गरिन्छ ।

काँग्रेस प्रदेशसभामा मात्र नभइ केन्द्रमा समेत सहकार्य गर्न सक्ने विष्लेषण हुदैँ आएको छ । काँग्रेसमा केपी ओलीको कदम गैरसंवैधानिक भएका कारण पेलेरै जानु पर्ने एक थरीको मत र अर्का थरी चूनावमा जानु पर्ने मत राख्ने भएका कारण काँग्रेसको आन्दोलन समेत प्रभावकारी नदेखिएको कतिपयको बुझाई छ । सस्थापन पक्ष निर्वाचनमा जान चाहेका कारण पनि देउवाले जोसुकैसंग सरकारको साठगाठ गर्ने सक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाई छ ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै बागमति प्रदेश र प्रदेश १ सरकारका मूख्यमन्त्री विरुध अविस्वासको प्रस्ताव दर्ता भएको छ भने अन्यमा समेत त्यसको असर पर्न थालेको छ । यदि अन्य प्रदेशमा समेत मुख्यमन्त्री विरुध अविश्वासको प्रस्ताव दर्ता भए काँग्रेस त्यसको निर्णायक शक्ति बन्ने छ । जसलाई काग्रेसले फाउदाँ उठाउनु पर्ने सस्थापनको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *