ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पिएम कप क्रिकेटमा : एपिएफले कर्णालीको चुनौती गर्दा मुलपानीमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम भिड्ने

काठमाडौं, माघ १० । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (शनिबार) दुई खेलहरु हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफले यस अघि प्रदेश-१ र गण्डकीलाई हराएको थियो ।

समूह ‘ए’ को एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ ।

कर्णालीले ३ खेलमा २ अंक जोडेको छ ।कर्णाली तेस्रो स्थानमा रहेको छ । यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को लुम्बिनी २ अंक जोडेर तेस्रो र अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *