मिश्रित मौसमी अवस्था, कतै सामान्य त कतै आंशिक बदली, पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाडाैं, माघ १० । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।
सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।