ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बारीयता सुधार गर्ने नबनियुक्त प्रशिक्षक वाटमोर को प्रतिबद्दता

खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुत्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो ।

भारतीय प्रशिक्षक उमेश पटवालको बहिरगमन पछि रित्त भएको पदमा अस्ट्रेयाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरी प्रशिक्षकलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको कार्यक्रममा नवनियुत्त प्रशिक्षकले वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताए । यस अघि पनि प्रशिक्षकको जिम्मेवारी सम्हालि सकेका प्रशिक्षक वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन ।

सन १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोरका टोलीका मुख्य प्रशिक्षक थिए । तर सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बावेले कमजोर प्रदर्शन गरेपछि त्यहाँको क्रिकेट संघले वाटमोरलाई बर्खास्त गरेको थियो । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरी नियुक्त गरेको हो । एक वर्षे सम्झौतामा नेपाल आएका वाटमोरले युवा र अनुभवि खेलाडीलाई संयोजन गरी टोलीलाई प्रशिक्षण दिन बताए ।

व्यक्तिगत क्रिकेट करियरमा वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन । नेपाली टोलीले प्राप्त गरेको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्ट रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिए ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबार कीर्तिपुर स्थित त्रिभुन विश्व विद्यालयको मैदान भ्रमण गरेका छन् । अब वाटमोरको प्रशिक्षणमा नेपाली टोलीलले आगामी मार्च महिना ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृखंला खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *