ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला राष्ट्रिय फुटबल लिगः सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

काठमाडौं, माघ ८ । सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा बिहीबार विभागीय टोली एपिएफले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

एपिएफले चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको एपिएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाब राखेर खेल देखाएको ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपिएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बसनेत, अञ्जली कुमार योन्जन र प्रिति राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांस समय बलमा पकड जनमाएको एपिएफका लागि १४ औं मिनेटमा सावित्राले गोलका खाता खेलेकी थिइन् । २२ औं मिनेटमा एपीएफका लागि अञ्जलीले जाली चुमाउँदै अग्रता दोब्बर पारिन । पहिलो हाफमा २–० ले अगाडि रहेको एपिएफले दोस्रो हाफमा चार गोल थप्यो । ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अवस्थामा पु¥याइन । त्यसको दुई मिनेट पछि नै कप्तान अनिताले गोल गर्दै गोल अन्तर ४ मा पु¥याउँदा ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा एपिएफबाट पहिलो पटक जर्सि पहिरिएकी प्रिति राईले गोल गर्दै एपिएफको फराकिलो जित पक्का गरिन् ।

सहज तिज निकालेको एपिएफले स्पष्ट ३ अंक जोडेको छ । माघ २१ गते सम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *