आईपीएल २०२१ : सन्दिपलाई दिल्लीले गर्यो रिलिज

एजेन्सी, माघ ८ । इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम दिल्ली क्यापिटल्सले आईपीएल २०२१ को अक्सन सुरु हुन १ महिना भन्दा कम समय बाँकी रहंदा बुधबार रिटेन ( टिममा राख्ने ) र रिलिज ( फुकुवा गर्ने ) गरेका खेलाडीको नाम सार्वजनिक गरेको छ।
आईपीएल २०२० को उपविजेता दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछाने र इंगलिस ब्याट्सम्यान जेसन रोयलाई टिमबाट रिलिज गर्ने निर्णय गरेको छ।
दिल्लीले २०२० आईपीएलमा टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिसलाई ४.८ करोड भारतीय रुपैयाँ मूल्यमा टिममा रिटेन गर्ने निर्णय गरेको छ। दिल्लीले जेसन रोय सहित अस्ट्रेलियाका एलेक्स केरी, भारतका मोहित शर्मा र अस्ट्रेलियाका ड्यानियल स्याम्सलाई पनि रिलिज गर्ने भएको छ। स्याम्सलाई दिल्लीले पेसर ड्यानियल स्याम्सलाई बैंगलोरसंग ट्रेड गरेको छ।
२०१८, २०१९ र २०२० गरि तिन वटा सिजन सन्दिप दिल्लीसंग आबद्ध रहेका थिए। २०१८ मा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत ३ वर्षे अवधिको लागि टिममा आवद्ध गरेको थियो।
रिलिज भएपछि अब नेपाली लेग स्पिनरलाई आईपीएल २०२१ को अक्सनमा बिभिन्न टिमहरुले बोलि लगाउनेछन्। यो पटक सन्दिपले पहिले भन्दा बढी मूल्य पाउने अपेक्षा गरिएको छ। स्पिन पक्ष कमजोर रहेको टिमले सन्दिपलाई बोलि लगाउन सक्नेछन्।