प्रधानमन्त्री कप क्रिकेट : एपीएफले गण्डकी र पुलिसले लुम्बिनीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, माघ ८ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आजपनि दुई खेलहरु हुँदैछन् ।
मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले गण्डकीसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश भिड्दैछन् ।
पहिलो खेलमा प्रदेश एकलाई हराएको एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । गण्डकीपनि दोस्रो जितको खोजीमा नै हुनेछ ।
दुबै टिम दोस्रो जितको खोजिमा छन् । समूह ’बी’ मा रहेको पुलिसले २ खेलमा २ अंक जोडेको छ । लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारबाट शुरू भएको प्रतियोगिता माघ १७ सम्म चल्नेछ ।