ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड १९ को खोप आयात तथा जाँचपासका लागि भन्सार विभागको तयारीले पायो तिव्रता

माघ ७, काठमाडौं

विश्वभरमा कोभिड १९ विरुद्धको खोपको अध्ययन, अनुसन्धान तथा अन्वेषण र प्रयोगले तिव्रता पाउन थालेको छ । नेपालमा पनि खोप आयात गर्ने कार्यलाई नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तिव्रता दिइरहेको छ ।

यसरी नेपालमा ल्याउन तयारी अवस्थामा रहेको कोभिड १९ को खोप ल्याउनपुर्वको तथा ल्याइसकेपछी त्यसको जाँसपास गर्नका लागि भन्सार विभागले आफ्नो तयारीमा तिव्रता दिएको छ ।

यसरी आयात हुने खोपका लागि भन्सार विभागले विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कार्यालयहरुमा छुट्टै इकाई ( डेडिकेटेड युनिट ) खटाउनका साथै ‘र्यापिट एक्सन टीम’ खडा गर्ने भएको छ । जाँसपासपूर्व नै कागजात प्राप्त भएमा उक्त इकाईले जाँचपास प्रकृया अर्थात ‘प्रि अराइभलको’ व्यवस्था मिलाउने विभागले जनाएको छ ।

आयातकर्ताले औषधी व्यवस्था विभागवाट प्राप्त गरेको खोपको अनुमति प्रमाणपत्रका आधारमा आयातका लागि सिघ्र अनुमति प्रदान गर्नेछ । यदि जाँसपासका लागि आवश्यक कागजात नभएका तथा महसुल सम्वन्धि कुनै द्धविधा उत्पन्न भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी खोपको जाँचपासलाई सहजिकरण गरिने समेत विभागले जनाएको छ ।

खोपको गुणस्तरियता सुनिश्चित गर्नका लागि खोपको आयात विभागले तोकेको निश्चित नाकाहरुवाट मात्रै आयात हुने व्यवस्था मिलाइएको विभागका महानिर्देशक सुमन दाहाले जानकारी दिए ।

खोपको सुरक्षित जाँचपासका लागि जिल्लाका सबै सरोकारवालाहरुसँग आवश्यक समन्वय गरिने तथा सार्वजनिक विदाको दिनमा समेत खोप आयात निरन्तर आयात हुने व्यवस्था मिलाइएको विभाग वताउँछ ।

पुन प्रयोग गर्न सकिने कोल्डचेन उपकरण , कण्टेनर तथा वक्सहरुलाई पैठारी गर्न चाहेमा कानुन वमोजिम पैठारी गर्न दिनुका साथै जाँसपास भएका खोपको वारेमा स्रिघ अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिपोर्टिङ गर्ने गरी विभागले आफ्नो काम अगाडी वढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *