ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उत्पादनमुलुक उद्योगमा विद्युत महसुलमा छुट दिने निर्णयको कार्यान्वयन प्रकृया अगाडी बढ्यो

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

माघ ७, काठमाडौं

नेपाल सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यको बुदा नम्वर ५३ मा उत्पादनमुलुक उद्योगलाई बिद्युत महसुल , डिमाण्ड शुल्क र बिद्युत माग कम हुने समयको खपतमा छुट दिने सम्वन्धमा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितको गत साउन २३ गतेको बैठ्कले निर्णय गरेको थियो ।

सरकारले कोभिडका कारण नेपालका उद्योगहरु प्रभावित भएपछी ५८ प्रकारका उद्योग ब्यवसायलाई राहात दिन विद्युत महसुल , डिमाण्ड शुल्क र विद्युतकव माग कम हुने समयको खपतमा छुट दिने निर्णय गरेकव हो । ६ महिना लामो वन्दावन्दी र लकडाउनका कारण नेपालका उद्योगको उत्पादन ठप्प भएको थियो । कोभिडका कारण लघु घरेलु तथा साना व्यवसायीहरु वढी प्रभावित भएका छन् ।

नेपालका उद्योग व्यवसायलाई आवश्यक राहात प्रदान गरी उनीहरुलाई पुरानै अवस्था नै फर्काउनका लागि वजेट मार्फत विभिन्न प्याकेजको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *