ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,माघ ७ । देशका विभिन्न प्रयोगशाला ५ हजार १२ वटा नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ४५ जनासहित देशभर ३ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६८ हजार ३ सय १० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गत चौबीस घण्टामा कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १ हजार ९ सय ७५ जना रहेका छन् ।

गत चौबीस घण्टामा देशभरबाट कोरोनामुक्त हुने संख्या ३ सय ८३ जना रहेका छन् । भने हालसम्म देशभरबाट २ लाख ६२ हजार ६ सय ४२ जना कोरोनामुक्त भएका छन् । यो संक्रमित मध्येको ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

यसैबीच विज्ञले नयाँ प्रकारको कोरोना भयावह हुने खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । फागुन चैतमा नयाँ प्रकारको कोरोनाका बिरामी ह्वात्तै बढ्न सक्ने काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रमका निर्देशक विराज कर्माचार्यले बताउनु भयो ।

देशभर क्वारेन्टाइनमा १ सय ७२ जना रहेका छन् भने संक्रिय संक्रमित संख्या ३ हजार ६ सय ९३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *