ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा

काठमाडौं ,माघ ७ । भारतले अनुदानस्वरुप उपलब्ध गराउनने दश लाख डोज कोरोना विरुद्धको खोप विहिबार नेपाल आइसक्ने जनाइएको छ । त्यसका लागि आवश्यक पर्ने कानुनी,प्रशासनिक तथा आर्थीक जटिलता पुरा भइसकेको र ब्यवस्थापनका लागि समेत सबै काम पुरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीका कारण जनजिवन अत्यासलाग्दो भैरहदा नेपालमा पनि कोरोना विरुद्धको खोप आउने भएको छ । पहिलो चरणमा भारतले अनुदान स्वरुप उपलब्ध गराउन थालेको १० लाख डोज खोप बिहिबार नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको तथा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिडसिल्ड भ्याक्सिनका लागी औषधी ब्यवस्था विभागले माघ २ गते मात्र अनुमती दिएको थियो ।  नेपालका लागि अन्य खोप भन्दा भण्डारण तथा स्रोत साधनका हिसाबले सोहि खोप उपयुक्त रहेको भन्दै विभागले अनुमती दिएको थियो । सोहि खोप भारतले नेपाललाइ उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदुत विनय मोहन क्वात्राको उपस्थीतिमा वुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोभिशिल्ड  खोप उपलब्ध गराउने जानकारी दिइएको हो । 

खोपका लागी आवश्यक पर्ने कानुनी,प्रशासनिक जटिलता पुरा गरि ब्यवस्थापनका लागि समेत सबै प्रबन्ध मिलाइ सकिएको मन्त्रालयले जनाएको छ । यसरी पहिलो चरणमा भित्रिएको खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा सरसफाइकर्मीलाइ लगाइने मन्त्री त्रिपाठीले बताए ।

मन्त्रीले विहिवार नै खोप नेपाल ल्याइने बताइरहदा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भने अन्य कुनै समस्या नभएको खण्डमा केहि दिनमै खोप नेपाल आइपुग्ने बताएका छन् ।

यसैबीच मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनको सिफारिस तथा संक्रमणबाट अति प्रभावित हुनेहरुको आधारमा खोप वितरणको प्रार्थमिकता निर्धारण गरिएको बताएका छन ।

पहिलो चरणमा अनुदान स्वरुप आएको खोप लगाउने कार्यक्रम चलिरहदा जिटुजी प्रकृया मार्फत थप खोप नेपाल भित्राउने तयारी समेत भैरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *