राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ति पक्राउ

माघ ७ , काठमाडौं
आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिने वाहानामा ठगी गर्दै आएका तुलसी थापालाई प्रहरीले पक्राउ गरेको छ ।
निजले आफ्नो नामको परिचय पत्र समेत देखाई ठगी गर्दै आएको प्रहरीले जानकारी दिएको छ । संखुवासभा पाँचखपन गाउँपालिका वडा नंम्मवर ५ खमारे स्थाई घर भई हाल का काठमाडौं मित्रपार्क बस्ने उनी वर्ष ६० को रहेको प्रहरीले जनाएको छ ।
थापालाई मिति माघ ६ गते काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको प्रहरीले जानकारी दिएको छ ।
थापाले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै निजबाट अन्य कोही ठगीएको भए प्रहरीमा खवर गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।