ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वभर ६ करोड ९२ लाख संक्रमणमुक्त, २० लाख ६३ हजारको मृत्यु

काठमाडौं, माघ ७ । विश्वभरमा ६ करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ९२ लाख ३४ हजार ७१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ६५ लाख ८६ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ६३ हजार ८०३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५२ लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४७ लाख ७० हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ११ हजार १७५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख ४४ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ७४७ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६७ हजार ९९२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६२ हजार २५९ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९६९ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *