ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं, माघ ७ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति निकालेर नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

नेपाल आयल निगमले भने भारतबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *