ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुनःस्थापनापछि देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको खुलासा

काठमाडाैं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।

मंगलबार प्राइम टाइम्सलाई अन्तार्वार्ता दिँदै अध्यक्ष प्रचण्डले आफू तत्काल प्रधानमन्त्री नबन्ने र सभापति देउवालाई प्रधानमन्त्री स्वीकार गर्न तयार भएको बताएका हुन् । उनले देउवालाई पहिले पनि प्रधानमन्त्री बनाएको स्मरण गर्दै देशमा शान्ति स्थापना लागि जुनसुकै कदम चाल्न आफू तयार भएको बताए ।

‘कांग्रेस, जसपासँग सहकार्य हुनुपर्ने भनेका छौं । म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन् । देशलाई भूमरीबाट बचाउनुर्छ । म प्रधानमन्त्री दाबी गर्दिन’, उनले भने, ‘संसद पुनःस्थापना भयो भने देउवाजीलाई प्रधानमन्त्री स्वीकार गर्न मलाई केही आपत्ति छैन् । पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो ।’

उनले संसद पुनः स्थापना हुँदा तीन वटा पार्टी मिलेर सरकार सञ्चालन गर्ने बताए । उनले केपी शर्मा ओलीसँग पार्टी एकता नहुने बताए । उनले संसद विघटन गरेर देशलाई भूमरीमा हाल्ने अपराध गरें भनेको अवस्थामा मात्रै एकता हुन सक्ने बताएका छन् ।

‘गल्ती उहाँले गर्ने मैले माफी माग्ने हुन्छ ? केपीसँग तत्काल पार्टी एकताको सम्भावना हुन सक्दैन’, अध्यक्ष  प्रचण्डले भने ।

उनले संसद पुनःस्थापनाका लागि भारतको साथ नखोजेको स्पष्ट पारेका छन् । उनले नेपालको लोकतन्त्र स्थापनाका लागि चीन, अमेरिका र भारतले पनि चासो दिनुपर्ने बताए ।

अध्यक्ष  प्रचण्डले संविधान मिचेर गरिने निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नगर्ने बताए । उनले एक वर्षपछि निर्वाचन आउनै लागेकाले प्रक्रिया मिचेर लैजान नमिल्ने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदमबाट कारण लोकतन्त्र र संविधान धरापमा परेकाले सभापति देउवासँग सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष  प्रचण्डले राजनीतिक स्थायित्वका निम्ती, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न सहकायृको विकल्प नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *