ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा हालसम्मकै सर्वाधिक १५ लाख १२ हजारले दिए आवेदन

माघ ६ काठमाडौं

नेपाल पूर्वाधार विकास बैंकमा आइपिओ भर्ने म्याद मंगलवार साँझ ६ वजे सकिएको छ । माघ २ गते शेयर आवेदन खुल्ला भएको यो बैंक नेपालमा सर्वाधिक सर्वसाधारणका लागि शेयर जारी गर्ने कम्पनी हो । नेपाल सरकार र नीजि क्षेत्रको लगानी रहेको यस कम्पनीले पूर्वाधारका क्षेत्रमा लगानी गरी आफ्नो आम्दानी गर्ने कम्पनीले जनाएको छ ।

८ करोड शेयरका लागि आवेदन खुल्ला गरेको मध्ये शुन्य दशमलव दुई प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामुहिक लगानीकोषको लागि छुटाईएको थियो भने सर्वसाधारणले ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर छुट्याइको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक एस क्यापिटलले इस्यु मानेजरको जिम्मा लिएको थियो । कुल १५ लाख १२ हजार ८ सय २३ आवेदनकर्ताले कुल १७ करोड ९९ लाख ३१ हजार ४ सय १० कित्ता शेयरका लागि आवेदन दिएको एस क्यापिटलले जानकारी दिएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १२ अर्व रहेकोमा अब २० अर्व पुग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *