ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री कप क्रिकेट : बागमतीसँग सुदुरपश्चिम र गण्डकीसँग प्रदेश एक भिड्दै

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन ।कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमविरुद्ध मैदान उत्रदा बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो । समूह ’बी’ मा रहेको बागमतीले २ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

पहिलो खेलमा सुदूरपश्चिम बागमतीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुने खेलमा गण्डकी र प्रदेश एक भिड्ने छन् । गण्डकी र प्रदेश एक दुबै पहिलो जितको खोजीमा हुनेछन् ।

समूह ’ए’ मा रहेको दुबै टिमले अंक जोड्न सकेका छैनन् । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश एक एपीएफसँग पराजित भएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारबाट सुरू भएको प्रतियोगिता माघ १७ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *