ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

सेयर गर्नुहोस
  • 26
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं, माघ ५ । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासको क्षेत्रमा उत्पन्न भएको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आँशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  •  
    26
    Shares
  • 26
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *