ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र पुलिस क्लबबीच सहकार्य

काठमाडौं, माघ ४ । अखिल नेपाल फुटबल संघ ( एन्फा) र विभागीय क्लब नेपाल पुलिस क्लबबीच फुटबल एकेडेमी सञ्चालनका लागि आइतबार सम्झौता भएको छ ।

काभ्रेको साँगामा रहेको नेपाल प्रहरी स्कुलमा एकेडेमी संचालनको लागि एन्फा र पुलिसले आइतबार सम्झौता गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरीका एआईजी निरज बहादुर शाहीले सम्झौता एक कार्यत्रमका बीच हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल प्रहरी स्कुलका ७ विद्यार्थी सहित एन्फाले छनोट गरेका गरि २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । सम्झौता अनुसार एन्फाले  चार वर्षसम्म एकेडेमीलाई टेक्निकल सहयोग गर्नुपर्नेछ । यस्तै एन्फाले दुई वर्षका लागि खेलाडीहरू प्रदान गर्नेछ र खेल उपकरणहरू समेत प्रदान गर्नुपर्नेछ ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, उपेन्द्रमान सिंह, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य हरि खड्का, लिग कमिटी संयोजक विज्ञान राज शर्मा लगायतको उपस्थिती रहेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अनुसार पुलिस क्लबले एकेडेमी संचालनमा ल्याउन लागेको हो । यस अघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एएफसीको मापदण्ड पुरा गरेसँग एएफसी लाईसेन्स प्राप्त गरेको थियो । जसमा एकेडेमी पनि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *