ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यकामा १७७ जना सहित देशभर २६६ जनामा संक्रमण पुष्टि ,

काठमाडौं ,माघ ४ । देशभरका विभिन्न प्रयोगशालाबाट ३ लाख ५ सय ८ नमुना परीक्षण गरेकोमा काठमाडौं उपत्यकाकामा  मात्र १ सय ७७ जना सहित देशभर २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना पुष्टि हुने संख्या २ लाख ६७ हजार ३ सय २२ जना रहेका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए  ।

कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् ।हालसम्म  कोरोनाको कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय ५९ रहेको छ । गत चौबीस घण्टामा देशभर ४ सय जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६१ हजार ४ सय ४४ जना रहेका छन् । हालसम्म कोरोनामुक्त हुने प्रतिशत ९७ दशमलव ८ रहेको प्रवक्ता गौतमले बताए ।

देशभर क्वारेन्टिनमा २ सय २१ जना रहेका छन भने संक्रीय संक्रमित संख्या  ३ हजार ९ सय १९ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *