केटु हिमाल आरोहणमा नेपालीको किर्तिमानी
काठमाण्डौं माघ ४ । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल आरवहणमा नेपालीले नयाँ किर्तिमान बनाएका छन् ।
पाकिस्तानमा रहेको ८ हजार ६ सय ६१ मिटरको केटु हिमालमा नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका हुन् । कसैले पनि पनि हिउँदमा उक्त हिमाल आरोहण गर्न नसकेको समयमा उनीहरुले आरोहण पुरा गरेका हुन् ।
शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) आरोहण पुरा गर्नेममा निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।