ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘अदालतमा दर्ता भएको पत्र हराएको छ , श्रीमानले जवाफ दिनुपर्छ’: नेता गगन थापा

माघ ४ ,काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले अदालतमा दर्ता भएको पत्र हराएको छ , त्यसको जवाफ प्रधानन्यायाधीशले दिनुपर्ने वताएका छन् । प्रतिनिधि सभाको विघटन विरुद्द बुढानिलकण्ठमा कांग्रेसले गरेको विरोध सभामा बोल्दै नेता गंगन थापाले उक्क कुरा वताएका हुन् । उनले “अदालतमा दर्ता भएको पत्र हराएको छ, श्रीमानले जवाफ दिनुपर्छ, अदालतमा दर्ता भएको पत्र सरकारले कसरी लिएर गयो ? दोषी को हो ? , दोषीलाई दण्ड दिनुपर्छ , यसलाई यताउती पन्छाएर मात्रै चित्त वुझ्दैन श्रीमान । श्रीमान चित्त हाम्रो वुझ्नुपर्छ , न्याय गरे भनेर मात्रै पग्दैन ,न्याय गरेको देखिनुपर्छ । प्रधानमन्त्रीले खुल्मखुल्ला भन्नु भएको छ मैले अदातल मिलाएको छु भनेर, अदालत सँधै सम्मानित रहोस भन्ने चाहान्छौ , सर्वोच्च अदालतालाई सम्मानित वनाएका हौ । संविधानले त सर्वोच्च अदातल भनेर मात्रै चिन्छ ” भनाई थियो ।

उनले सोहीक्रममा सर्वोच्च अदालतको साख गुम्न नदिन आग्रह गर्दै सर्वोच्च अदालतले विश्वास गमाएमा सर्वोच्च अदालत होईन सेटिङ अदालतमा परिणत हुने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *