दु:ख का साथ भन्नुपर्छ प्रधानमन्त्रीको नाम केपी ओली होइन किर्तेप्रसाद ओली राख्नुपर्छ; गगन थापा

माघ ४, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्ध बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा वोल्दै नेता गगन थापाले प्रधानमन्त्रीले किर्ते काम गरेको वताएका छन् । थापाले सर्वोच्चमा देखिएको घट्नाक्रमतर्फ इकित गर्दै भने “हामीले हिजो मात्रै अदातलको वहस हेरौं, सुन्यौं, संबैधानिक परिषदमा किर्ते गरिएको कुरा त हामीलाई थाहा थियो । तर हिजो अदातलमा नयाँ कुरा सार्वजनिक भएको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन गर्दै गर्दा संबिधानको धारा उल्लेख नगरी पढाइएको छ । फेरी अर्को पत्र पठाईएको छ । अदालतमा गएर पत्र फिर्ता ल्याइएको छ , अहिले त्यसलाई ढाकछोप गर्ने कोशिस गरिएको छ । ढाँटेको कुरा काटेपनि मिल्दैन भनेको यही हो । क्षमा गर्नुहोला प्रधानमन्त्री न्यु, यस्तो छुद्र टिप्पणी गर्न मलाई मन लागेको छैन तर पनि गर्न वाध्य छु । तपाईको यो किर्ते काम देखेपछी अब तपाई नाम बदल्नुहोस ‘K’ बाट केपी ओली होइन किर्तेप्रसाद ओली भन्नेवेला आएको छ । मलाई यो भन्दै गर्दा दु:ख लागेको छ तर भन्ने वेला आएको छ ।”
उनले प्रधानमन्त्री ओलीले यस्तो स्तरको किर्ते गर्छ भन्दै प्रतिप्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई कुरीकुरी भन्ने वेलामा उनको भाषण सुनेर थप्पडी वजाएको वाहवाही गरेको भन्दै त्यस्तो प्रवृतिको आलोचना गरेका छन् । कार्यक्रममा वोल्दै थापाले प्रधानमन्त्रीले केका लागि दुई मागेको भन्दै प्रश्न गरेका छन् । उनले नागरिकका मौलिक हक खोस्न , पत्रकारको कलम र क्यामराको लेन्स फुटाउनका लागि दुई तिहाई मागेको तर्क गरेका छन् ।
कार्यक्रममा नेता थापाले नेकपाको नेता सुवास नेम्वाङलाई पनि उनले जवाफ फर्काएका छन । ” तपाईले नाम होइन कमरेड संबिधान नै बिर्सिनु भएको छ । तपाईले आफ्नो जिम्मेवारी नै विर्सिनु भयो , तपाईले आफ्नो हैसियत नै विर्सिनु भयो ।” सुवास नेम्वाङसँग अहिले पनि ओलीको कदम संविधान संवत रहेको वताउनै आट नभएको थापाको भनाई थियो