ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन:स्थापनाको विकल्प नरहेको कांग्रेसको निष्कर्ष, तल्लो तहका नेता भन्छन् – सडक आन्दोलन अझ शसक्त बनाउ

काठमाण्डौं माघ ३ ।  नेपाली काँग्रेसले संसद विघटनको विरोधमा सवै स्थानिय तहमा प्रदर्शन गरेको छ । नेकपाको आन्तरिक भागवण्डा मिलाउन नसक्दा संविधान माथी प्रहार भएको भन्दै सडकमा उत्रेको बताउने काँग्रेस नेताहरुले संसद पुन स्थापनाको विकल्प नभएको दावी गरेका छन्  ।

संविधान विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको काँग्रेसले सरकार प्रमुख तथा राष्ट्र प्रमुखले नै पटक पटक संविधान माथी प्रहार गरेको जनाएको छ । काठमाडौं महानगर पालिकामा आयोजना भएको विरोध कार्यक्रमलाई संवोधन गर्दै नेता प्रकाशमान सिंहले संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहेपनि संविधानको बर्खिलाप आएको प्रतिनिधि सभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उनको भनाई छ ।

संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाईको हाराहारीमा मत दिएको भएपनि ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिहले ओलीको कदम गैरसंवैधानिक भएको प्रष्ट पारे  ।

उता चितवन पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुन स्थापनाको विकल्प नभएको दावी गरेका छन् । संविधानको र लोकतन्त्रको रक्षा काँग्रेसको एजेण्डा रहेको भन्दै पहिला सिद्धान्त जोगाएर मात्रै चुनावमा जाने बताए । काँँग्रेस दोधारे चरित्रमा लाग्न नहुने भन्दै पौडेलले  पहिला संविधान जोगाए त्यसपछिको निर्वाचनले काँँग्रेस सरकारको नेतृत्वमा जनताले पुर्ययाउने उनको भनाई छ ।

भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रमलाई संवोधन गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले न्यायालयलाई प्रभाव नपार्न ओलीलाई चेतावनी दिएका छन् । सर्वोच्च अदालतका न्यायाधिसहरु नेकपा पोलिटव्यूरो सदस्य र जे भन्यो त्यही सिफारीस गर्ने राष्ट्रपतपि नभएको भन्दै प्रभाव नापार्न चेतावनी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संसद पुनस्र्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा देश जान सक्ने चेतावनी दिए । तनहुँको दमौली पुगेका भट्टराईले  कांग्रेसले विधि र पद्धती मान्ने भन्दै अरु कसैले के ग¥यो भनेर बस्न नहुने बताएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले समेत चुनाव भएमा नजाने भनेर नभनेको अवस्थामा कांग्रेसले हतार गर्नु नहुने उनको भनाई छ ।

तेस्तै महामन्त्री शशांक कोरुरालाले संविधानलाई सहि बाटोमा ल्याउन संसद पुन स्थापना हुनु पर्ने बताएका छन् । पूर्वि नवलपराशीको देवचुली पुगेका कोइरालाले ७० वर्षको संघर्ष पछी बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न कांग्रेस सडकमा आउनु परेको बताए ।

उता युवा नेता गगन थापाले ललितपुर पुगेर प्रधानमन्त्री ओलीलाई किर्तेप्रसादको सज्ञा दिए । उनले यो अवस्था आउनमा ओली जस्तिकै जिम्मेवार दाहाल नेपाल समेत रहेको जनाएका छन् ।

७ सय ५३ वटै स्तथानिय तहमा प्रदर्शकन गरेको काँग्रेसमा तल्लो तहका नेता कार्यकर्ताले आन्दोलनलाई अझै सशक्त बनाउन केन्द्रलाई दवाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी काँग्रेसले यस अघि ७७ वटै जिल्ला सदरमुकाम, एक सय ७५ निर्वाचन क्षेत्र तथा ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले शनिवार ७ सय ५३ वटै स्थानिय तहमा प्रदर्शन गर्यो । संविधानमा कतै व्यवस्था नभएको धारमा टेकेर संविधानमाथी प्रहार गरेको भन्दै अझ शसक्त रुपमा प्रस्तुत हुन भात्रृसंगठनदले सुझाव दिएका छन् ।

नेपाली विद्यार्थी संघका महामन्त्री मनोज बैधले प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक भएको भन्दै सडकबाटै उक्त कदम सच्याउनु पर्ने जनाएको छ । जसका लागि नेपाल विद्यार्थी संघ तयार भएको उनको भनाई छ । नेपालका हरेक राजनीति परिवर्तनमा नेपाल विद्यार्थी संघको अह्वम भूमिका भएको भन्दै अवको कदममा समेत नेपाल विद्यार्थी संघले निर्णायक भूमिका खेल्ने उनको भनाई छ ।

तेस्तै नेपाल महिला संघ केन्द्रिय सदस्य राज्यलक्ष्मी शाक्यले ओली सरकारले सवैलाई समान व्यवहार गर्ने भनेपनि त्यसो नगरेको उनो भनाई छ । महिला अधिकारका कुरा गर्ने तथा राष्ट्रपति महिला भएको मुलुकमा महिला अधिकारका कुरा गर्न समेत लाजमर्दो भएको उनको भनाई छ ।

जनता कोरोना महामारा कारण घर भित्र रहेको समयमा नेकपा सरकार अनेकौ तिगडम देखाउने तर जनताको सुरक्षामा कुनै काम नगरेको स्वयम जनप्रतिनिधिको भनाई छ । केन्द्रको आडमा प्रदेश तथा स्थानिय तहलाई समेत कठपुतली बनाउन खोजेको उनीहरुको भनाई छ ।

काठमाडौं महानगरपालीका उपमेर हरिप्रभा खड्गीले ओली सरकारको ठाडो आदेशमा उपत्यकाका सम्पदामाथी प्रहार भएको जनाएकी छन् । धरहराको भौतिक संरचना पुरानै अवस्थामा निर्माण गर्न आग्रह गरेपनि ओलीले कुरै नसुनेको उनो भनाई छ ।

काँग्रेसले आगामी ८ गते ७ सय ५३ वटै स्थानिय तहमा प्रदर्शन गर्ने यस अघिनै घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *