देशभर २४० जनामा संक्रमण पुष्टि

काठमाडौं ,माघ ३ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको ३ हजार ८ सय १९ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ सय जनासहित देशभर २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६७ हजार ५६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ जना रहेको छ । गत चौबीस घण्टामा देशभरबाट ४ सय ७७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६१ हजार ४४ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव ८ रहेको छ ।
देशभर क्वारेन्टिनमा २ सय ३१ जना रहेका छन् भने संक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना रहेको छ ।