ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भट्टराईलाई इगिंत गर्दै ओलीले भने बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो

माघ ३, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईलाई इगिंत गर्दै आफूसँग ठूलो युवाको जमात भएको बताएका छन् ।

प्रदेश १ को वृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भ्रममा रहेका युवाहरुलाई पनि समेट्न आग्रह गरे ।

योगेशको नाम नलिई उनले भने, म कुनै बैगुनी केटाकेटीकोबारेमा कुरा गर्न चाहन्नँ, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडिइ दौडिइकन गएर, यो केटालाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु भनियो । मन्त्री बनाइयो । एकदिन पुक्क लात्ताले हानेर भाग्यो । यसो हेरेको त को रहेछ भनेको त्यहीँ केटो

गत निर्वाचनका क्रममा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा गई ओलीले योगेशलाई जनताले जिताएर पठाए मन्त्री बनाइदिने वचन दिएका थिए । पहिलो चरणको क्याबिनेटमा योगेश नअटाउँदा उनका पक्षधरले ओलीले दिएको अभिव्यक्तिको सोही भिडिओलाई भाइरल बनाएका थिए ।

पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त मन्त्रालयको अभिभारा ओलीले योगेशको काँधमा सुम्पिएका थिए । तर नेकपा विभाजन उन्मुख भएपछि योगेश प्रचण्ड–नेपाल समूहतिर लागेकाले उनले पर्यटन मन्त्रीबाट महिना अघि राजिनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *