ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मान्छे हाँसे रे , जोकर रै रहेछ रे, रुवाउने पनि तरिका हुन्छ नी

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

माघ ३, काठमाडौं . काठमाडौंमा भएको नेकपा प्रदेश १ सम्पर्क कमिटीको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफुलाई जोकरै रहेछ भनेको प्रति कटाक्ष्य गरेका छन् । उहाँहरुले देश वर्वाद गर्न खोज्नु भएको थियो , वर्वाद पार्न दिएन अनी अध्यारो मुख किन पार्ने ? दुनियाँलाई रुवाउदै हिडुँ त म ? हासाउँछ मान्छेलाई भन्छन् , म देशै हँसाउन चाहान्छु , नेपालीको मुहारमा मुस्कान ल्याउन चाहान्छु ।

म हाम्रा युवा, युवती, किशोर, किशोरी, बा , आमाको मुहारमा मुस्कान ल्याउन चाहान्छु । अनी मज्दुर किसानको अनुहारमा हामी त्यसका लागि हामी धेरै काम गरिरहेका छौ । देशका लागि जनताका लागि । विभत्स कृयाकलाप हेरेर विभत्स काम गरेर , बालवालिको आखाँमा आँसु हुनुहुदैन उनीहरुको मुहारमा मुस्कान हुनुपर्दछ । रुवाउने पनि एक किसिमले हो र ? कसैको घोडा खोस्या छ कसैको सम्पति खोस्या छ , कसैको घर खोस्या छ , कसैको पैसा खोस्या छ ।

रुवाउने पनि तरिका हुन्छ नी मान्छे मारेर पनि रुवाएको छ, कुटेर पनि रुवाएको छ , लुटेर पनि रुवाएको छ । अब हामी रुवाउन दिदनौ , सकारले अभिभावको काम गर्छ । मान्छे हाँसे रे , जोकर रै रहेछ रे , हँसायो जनता , नेपाली जनता हाँसेकोमा के पिर परेको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *