ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

न्यायापालिकाले संसद पुर्नस्थापना नगरे जनआन्दोलनले गर्ने डा. केसीको चेतावनी

माघ ३ , काठमाडौं । शनिवार माईतिघरमा मण्डलमा नागरिक समाजले आयोजना गरेको विरोध कार्यक्रममा ४५ मिनेट उभियर संसद विघटनकाे विराेध गर्दै संसद पुनस्थापनाकाे माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गरेमा जनआन्दोलन गरेर पुर्नस्थपना गर्ने नागरिक समाजका अगुवा डा. गोविन्द केसीले चेतावनी दिएका छन् । उनले भने “सरकारले गरेको प्रतिनिधिसभा विघटनको गैह्र संवैधानिक कदम न्यायापालिकाले सच्याउनुपर्छ, यदी सर्वोच्चले ओलीको कदम नसच्चाए नागरिक आन्दोलनले प्रतिनिधिसभा पूर्नस्थापना गर्छ, यसलाई अदालतले चेतावनीकोरुपमा नवुझोस, यो मेरो आग्रह हो ।”

त्यस्तै पत्रकार तथा लेखक नारायण वाग्ले यसअघि २०५८ साल जेठ ८ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवातर्फ संकेत गर्दै भने “प्रधानमन्त्रीले आँखा झिम्काएर संसद विघटन गरेपनि जनआन्दोलनको बलमा ६ वर्षपछि संसद पुर्नस्थापना भएको थियो ।

त्यही विउतिएको प्रतिनिधिसभाले उनीहरुलाई फाल्ने वातावरण निर्माण गर्यो । प्रतिनिधिसभा जनताको आवाज हो , जनताको बाेल्ने ठाउँ हो, आज फेरी नेपाल घुमेर त्यही ठाउँमा पुगेको छ । मन्त्रिपरिषदमा एकलौटी ढङ्गवाट मन्त्रीहरुसँग छलफल नै नगरी प्रधानमन्त्रीले आँखा झिम्काएर प्रतिनिधसभा विघटन गर्न मिल्दैन् ।

प्रधानमन्त्रीले आँखा झिम्काए मुख्य सचिवले लेखिदिए , हतारको काम लतार-पतार । आज हामी देखिरहेका छौ प्रधानमन्त्रीको पत्रमा संविधानको कुनै धारा नै उल्लख छैन् । तर राष्ट्रपतिको कार्यालयले माया गरेर संविधानको धारा थपेर पठाउनु भएको छ । के यही हो शक्ति सन्तुलन , लोकतन्त्र साथीहरु यसका विरुद्ध हाम्रो नागरिक समाजको आन्दोलन हो ।’’ आगामी साता नागरिक समाजले सरकारको असंबैधानिक कदम विरुद्ध वालुवाटार घेराउ गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *