ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भक्तपुरका डाक्टरहरुले ‘भक्तपुर डक्टर्स सोसाईटी’ गठन

काठमाडौं ,माघ ३। भक्तपुर जिल्लामा कार्यरत क्रियाशिल डाक्टरहरु मिलेर भक्तपुर डक्टर्स सोसाइटी गठन गरेका छन् । क्रियाशिल डाक्टरहरु मध्ये  डा पुन्यराम खर्बुजालाई अध्यक्षमा चयन गरिएको छ । भने उक्त सोसाइटीमा सात सदस्यीय समेत रहेका छन् । अध्यक्ष डा खर्बुजाले सोसाइटी गैरनाफामुलक संस्थाको रुपमा रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बताएका छन्  । उनले डाक्टरहरुबीच आपसी सहयोग सदभाव तथा उपचारका दौरानमा आउनसक्ने समस्याका बेला सहयोग होस भनेर सोसाइटी गठन गरेको समेत जानकारी गराए ।

उक्त समितिको उपाध्यक्षमा डा रविभुषण सुवाल, सचिवमा डा एभरेष्ट सुवाल र कोषाध्यक्षमा डा सरोजकुमार सुवाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा डा विवेक बासुकला, डा नरेन्द्र सालिके र डा गोपाल सुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *