ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको राशिफल

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

आज मिति २०७७ साल माघ ३ गते शनिबार तदनुसार सन २०२१ जनवरी महिनाको १६ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, शतभिषा नक्षत्र, तृतिया तिथी, व्यतिपात योग, गर करण, आज चन्द्रमा कुम्भ राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५३ मिनेटबाट १२ बजेर ३५ मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको  २ बजेर ५२ मिनेटबाट ४ बजेर ११ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानकोे ९ बजेर ३५ मिनेट देखि १० बजेर ५४ मिनेटसम्म रहने छ, राहुकालमा महत्वपुर्ण शुभ कार्यहरु वर्जित छन् ।

मेष राशी –चु, चे, चो, ला, लि, लु, ले, लो

दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि, स्त्री सुख पारिवारिक सुख, साथीहरुसँग बसिवियाँलो वा रमाइलो खानपानमा सरीक भइने, स्थाई वस्तुहरुको प्राप्ति, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ,

वृष राशी, , , , वा, वि, वु, वे, वो

दिन राम्रो छ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटे गरेका कामहरु बन्ने, धन लाभ हुने, मान सम्मान वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रिभाव  भइ ठूला कार्यहरु सम्पन्न हुनेछन

मिथुन राशीका, कि, कु, , , , के, को, हा

दिन आशा गरे अनुसार नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, पेटसम्बन्धि कुनै रोग छ  भने विशेष सावधान हुनु होला ।।

कर्कट राशीहि, हु, हे, हो, डा, डि, डु, डे, डो

सावधान हुनु पर्ने दिन छ, भय तथा चिन्ता पर्ने, क्षुद्र रोग बल्झने, कलह तथा विवादको अवस्था आउने, धन हानी, दुर्घटना तथा चोटपटक को सम्भावना छ, कुनै अनधिकृत  घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनु होला,

सिंह राशीमा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन सुखद रहनेछ, पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, निद्रा तथा भोजन सुखको प्राप्ति, सवारी सुख वा वाहन प्राप्तिको योग छ, धनको वृद्धि, विपरित लिगींसँग प्रेम, भाइ अथवा कम उमेरको मानिसबाट लाभ पाइने, द्रव्य वा वस्त्र लाभको सम्भावना छ, दाम्पत्य सुखमय बन्ने, साझेदारीको लागि राम्रो दिन छ,

कन्या राशीरा, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोग माथि विजय पाइने, प्रेमी वा मनपरेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ,

तुला राशीरा, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन अनुकुल नहुन सक्छ, विवशताले किम्कर्तव्यविमुढ हुनुपर्ने अवस्था आउन  सक्छ, मन अशान्त रहने, मार्गमा बिध्न बाधाहरु तेर्सिने, मुडको अस्थिर हुने, झर्किने वा झोक्किने अवस्था नआउला भन्न सकिँदैन, कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला ।।

वृश्चिक राशीतो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन प्रतिकुल छ, धन हानी, अनावश्यक खर्च, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ,

धनु राशीये, यो, भा, भि, भु, धा, फा, ढा, भे

दिन राम्रो छ, कार्यहरु सफल हुने, धन तथा वस्त्र लाभ, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ तथा मान कदर पाइने, स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने, धातु खरीद हुने वा प्राप्त हुने योग छ,

मकर राशीभो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि

शुक्लपक्षको चन्द्रमा छ भने दिन अनुुकुल रहनेछ, तर कृष्णपक्षको चन्द्रमा छ भने, मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी तथा खानपानमा अनपेक्षित परिवर्तन आउन सक्छ,

कुम्भ राशीगु, गे, गो, सा, सि, सु, से, सो, दा

दिन लाभदायी छ , चिताएको पुग्ने, मन प्रसन्न हुने, धन प्राप्ति, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोगनाश, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा  सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ,

मीन राशी-दि, दु, , , , दे, दो, चा, चि

आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *