ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो २४ घण्टामा थपिए २७० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३०८४ जनामा गरिएको पिसिआर परिक्षणमा ९० महिला र १ ८० पूरुष गरि २७० जनामा संक्रमण पुष्टी भएको हो ।

जस मध्य काठमाडौ उपत्यकामा १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरिमा ५ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म जम्मा २० लाख ५ हजार १ सय २५ पिसिआर परिक्षण भएको छ । जसमा २ लाख ६६ हजार ८ सय १६ संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ रहेको छ ।

त्यस्तै हालसम्म १९४८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने २ लाख ६० हजार ५६७ जना निको भएर घर फर्केका छन् । यो ९७.६६ प्रतिशत निको हुने दर हो । हाल २३१ जना क्वारेन्टिनमा रहेका छन् भने ९९४ संस्थागत आइशोलेसनमा रहेका छन् यस्तै १६५ जना आइसियु र ३८ जनाको भेनटिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *