संवैधानिक इजलासमा सुनवाइकाक्रमा बेला राष्ट्रपति कार्यालयले पठाएको सकल फाइलको खोजी भएपछी सवाल जवाफ
माघ २ , काठमाडौं

इजलासमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट पठाइएको सक्कल फाइल मागेका हुन् । अदालतले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले विघटन गरेको पत्रको सक्कल फाइल मागेको थियो । श्रेष्ठले राष्ट्रपति कार्यालयको सक्कल फाइल हेर्न पाउँ भन्दै माग गरेपछि इजलासमा हल्लाखल्ला मच्चिएको थियो । इजलासबाट फिर्ता गर्ने गरि आएको फाइल फर्काइएको होला भन्ने जवाफ आएपछि श्रेष्ठले फाइल हेर्न पाउनुपर्ने माग गरेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले फाइल पुस २८गते फर्काउने गरि आएको जवाफ दिए पनि श्रेष्ठ रोकिएनन् । इजलासमा सवाल चर्किएपछि बार एशोसियसनमा राखिएको भिडियो लाइभको अडियो काटिएको थियो ।