ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, खोपको विषयमा छलफल

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ २ । भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीविच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोप सहयोगका विषयमा केन्द्रित भएर छलफल भएको छ ।

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला पनि सहभागी थिए ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *