ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्र, सूर्य र पृथ्वीको दुरी सहित शून्यको आविस्कार गर्ने पूर्विय दर्शन

एकमा शून्य जोड्यो भने एक नै हुन्छ । एकमा शून्य घटायो भने एक हुन्छ र शून्यलाई गुना गर्यो भने शून्य रहन्छ । तेस्तै शून्यलाई भाग गर्यो भने अनन्त हुन्छ । हामीले दैनीक अध्ययन गर्दै आएको विषय हो । चारमा तीन घटायो भने एक बाकीँ रहन्छ तेस्तै तीनमा चार घटायो भने एक रिणात्मक हुन्छ ।  सुन्दा समान्य लागेपनि यिनिहरुलाई गणितमा ल्याएको ट्रनिङ पइन्ट मानिन्छ । अझ रोचक कुरा के छ भने यि अधिकाम्सको विकास पूर्विय दर्शनमा भएको पाइन्छ ।

मिश्र, मेसोपोटामिया,बेबिलोन चीन लगायतका मुलुकमा १ देखि ९ सम्मको गणनना भएपनि त्यो भन्दा माथीको अंक गणनामा उनीहरु चित्र वा अन्य केहीको सहारा लिने गर्थे । जव भारत बर्षमा शून्यको विकास भयो त्यसपछि विश्वको गणित नै परिवर्तन भयो ।

भारतबाट सुरु भएको  मानिएको शून्यसम्वन्धि रहस्य अझ फराकिलो बन्दै गएको छ । भारतको ग्वालियरको एक मन्दिरको भित्तामा लेखिएको शून्यलाई नै शून्य अक्षरको विश्वको सबैभन्दा पूरानो अभिलेखीय प्रमाण मानिएको थियो । तर त्यो भन्दा करिव ५ सय बर्ष पहिला नै शून्यको प्रयोग भएको प्रमाण भेटिएको छ । वैज्ञानिकहरुले हालै गरेको कार्वन डेटिङबाट शून्य अंक तेस्रो वा चौथो शताब्धीबाटै प्रयोग गर्न थालिएको पुष्टि भएको छ । यसको अर्थ, शून्य अंक अहिले सोचिएको भन्दा कम्तीमा ५ सय वर्ष पूरानो हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेका भारतीय कलाकृतिमध्येको बलशाली पाण्डुलिपीमा शून्य अंक लेखिएको फेला पर्यो । उक्त पाण्डुलिपी ७० भोजपत्रमा लेखिएको थियो जसमा संस्कृत र गणित लेखिएको थियो । बौद्ध भिक्षुहरुका लागि तयार गरिएको तालिम म्यानुअल थियो । उक्त पाण्डुलिपी नवौं शताब्दीतिरको रहेको अनुमान गरिएको थियो । तर, कार्र्बन डेटिङबाट त्यसका केही पन्नाहरु इश्वी सम्वत् २२४ देखि ३८३ बीचका रहेका पत्ता लाग्यो ।

यो त भयो शून्य सम्वन्धि रहस्य । शून्यको विकास हुनु पुर्व नै गणितले धेरे चरण पार गरिसकेको थियो । विश्वमा मानव विकास संगै गणितको विकास भएको मान्ने गरिन्छ । गणितिज्ञ पाइथागोरसले संगितक र गणितको सम्वन्ध इसाको जन्म भन्दा पहिला नै पत्ता लगाएका थिए । वैज्ञानीकहरका अनुसरार काग तथा चिम्पाञ्जी सहितका जनावारहरु एक देखि सातसम्म गणना गर्न सक्छन् ।

मानिसले अंक लेख्न वा भन्न काहाँबाट सिक्यो भन्ने यकिन नभए पनि हालको इराक( वेवीलोनिया)  र मिश्रमा भएको मानिन्छ । जहा माटो वा भोजपत्रमा लेख्ने गर्दथे । बिबिसिले तयार पारेको एक रेडियो कार्यक्रममा बताइए अनुसार मानिसले गणितको प्रयोग गरेर बनाएको सवै भन्दा पुरानो बस्तु हो मिश्रको पिरामिट । आज भन्दा ५ हजार बर्ष पहिला निर्माण भएका पिरामिड पूर्ण ज्यामितिको प्रयोग गरेर निर्माण गरिएको थियो । तेसैले ज्योमेत्रीको सुरुवात समेत मिश्रबाट भएको मान्न सकिन्छ ।

गणितिज्ञ मार्षक दुसातेले बिबिसिको उत्क कार्यक्रममा दिएको जानकारी अनुसार ज्यामितीको प्रयोग विना उक्त संरचना निर्माण संभव थिएन । उनी भन्छन् – ‘ मेरो विचारमा पिरामीड निर्माणमा प्रयोग भएको गणितको अदभुत प्रयोग नै हो । यो निर्माण पाइथोगोरसको सिदान्तको ब्यवहारी प्रयोग हो । मिश्रमा त्रिकोण बनाउन  बारावर दुरीमा गाठो बनाएर डोरीको प्रयोग गरिन्थ्यो । यसलाई अहिले यसरी सुत्रबद्ध गरिएको छ – 2x(3x+4) +(3x+4)   पाँच हजार बर्ष पहिला डोरीको सहायताले निर्माण गरिएको चमत्कार ‘

तेस्तै चीनले निर्माण गरेको ग्रेटवाल अफ चाइना गणितको अर्को अदभुत प्रयोग हो । हजारौ किलोमिटर लामो उक्त पर्खाल निर्माण गर्न बर्षौ लागेको बताइन्छ । आज भन्दा करिव २५ सय बर्ष अघि निर्माण गरिएको हो । गणितिज्ञ मार्सले दुकास्वेले बिबिसमा भनेका छन्  यति ठूलो संरचाना निर्माण गर्दा यसको लम्वाइ , चौडाइ तथा यसमा प्रयोग हुने समाग्रीको हिसवा अपरिहार्य थियो ।उनीहरु यस प्रकारको हिसावका लागि हातका ओलाहरको प्रयोग गरेका पाइन्छ ।

चीनीयाहरुले हातको औलाको प्रयोगसंगसंगै बाँसका सिन्का प्योग गर्थे भने अन्य देशका तुलनमा उनीहरु गणितमा केही अगाडी थिए । किनकी उनीहरुले हिसावका लागि कोलमको प्रयोग गर्थे ।एक दश सय हजार दश हजार लाख गर्दै धेरै अकको जोड घटाउ संभव हुन थाल्यो  ।

चीनले तलिका निर्माण हरेर ठूलो ठूलो अङ्कको हिसाव गरे पनि लेख्न भने संभव थिएन । ठूलो अक लेख्न पर्यो भने उनीहरुले चीत्रको प्रयोग गर्थे जो सवै तिर समान चीत्रको प्रयोग हुदैन थियो । सोही समयमा भारतमा शून्यको विकास भएसंगै गणितको सवै भन्दा ठुलो उपल्विधि वा ट्रनिङ पइनुट मानिनुछ । त्यो भन्दा पहिला शुनयको ठाउँमा चिन्ह वा खाली छोड्ने गरिन्थ्यो ।

तेस्तै अणितमा भएको अर्को ठूलो उपलव्धि भनेको पाई(π)को  मान यकिन गर्नु । छैटौ सताव्दिमा आर्यभट्टले π को मान ३दशमलव१४१६  रहेको घोषणा गरे । सोही आधारमा उनले पृथ्वीको घेरा नापेर २४ हजार ८ सय ३५ मिल  रहेको घोषणा गरे । जुन करिव करिव मिल्दो थियो । तर १५ औ शाताव्दीमा यसको यकिन परिधिको घोषणा माधवले गरे । उनले यसका लागि अन्नतको सहयोगले लिएको अणितिज्ञ दुसातेको भनाई छ । 

गणितको सवै भन्दा कठिन त्रिकोणमितबाट समेत हिसाव सुरु भएको थियो । पूर्वि दर्नमा बाट पृथ्वीमा बसी बसी सूर्य तथा चन्द्रमाको नाप ऋषिमुनीले गरेका थिए । महिनामा दुई दिन चन्द्रमा आधा हुन्छ त्यो समय सुर्यको अगाडी पट्टि अर्थात सिधा रेखामा हुन्छ । उक्त समय पृथ्वी, चन्द्रमा र सुर्यका विचमा एउटा त्रिकोण बनेको हुन्छ  ।ऋषीहरु त्यसलाई नाप्न सक्थे । यसरी नाप्दा १\७ देखिन्थ्यो । यसको अर्थ त्रिकोणमितिमा १: ४०० । यसबाट पृवीबाट सुर्यको दुरी चन्द्रमाको दुरी भन्दा ४०० गुना धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *