ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वभर ७ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा विश्वभर सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *