ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको राशिफल

आज मिति २०७७ साल माघ २ गते शुक्रबार तदनुसार सन २०२१ जनवरी महिनाको १५ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, धनिष्ठा नक्षत्र, दितीया तिथी, सिद्धी योग, कौलब करण, आज चन्द्रमा मकर राशीमा रहेको छ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५२ मिनेटबाट १२ बजेर ३४ मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको ९ बजेर ३५ मिनेटबाट १० बजेर ५४ मिनेटसम्म रहने छ भने आजको राहुकाल बिहानको १० बजेर ५४ मिनेट देखि १२ बजेर १३ मिनेटसम्म रहने छ, राहुकालमा शुभ कार्यहरु वर्जित छन् ।

मेष राशी -चु, चे, चो, ला, लि, लु, ले, लो

दिन राम्रो हुनेछ, शुभ समाचार आउन सक्नेछन, रोकिएका कार्यहरु प्रगति हुनेछ, विरोधीहरु परास्त हुनेछन्, कार्य सिद्धि, आर्थिक लाभ, आय स्रोत बढने, जागिर वा व्यवसायमा परिवर्तन खोजिरहनु भएको छ भने शुभ योग देखिएको छ, कर्म क्षेत्रमा तँपाइको कदर हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारी साधन खरीद गर्न साथै लगानीलाइ राम्रो समय छ ।

वृष राशी– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मेहनत गरेअनुसार फल नमिल्ने, काममा जस नपाउने, मुद्दा मामिला अथवा सरकारी कामहरुमा भयप्रद प्रतिकुलता आउन सक्ने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, विवाद तथा असमझदारी बढन सक्ने, कुटुम्बसँग टाढिने अवस्था आउने, ठूलो लगानी गर्न तथा व्यवसायीको लागि समय अनुकुल छैन ।,

मिथुन राशी– का, कि, कु, घ, ङ, छ, के, को, हा

समय अनूकुल नहुन सक्छ । आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, कार्यमा बिध्नबाधा, निरर्थक श्रम गर्नुपर्ने, रोग वा शत्रुहरुबाट, दुर्घटना वा चोटपटक लाग्न सक्ने, मानसिक छटपटि वा व्याकुलता बढन सक्ने, रोजगारमा समस्या वा बाधा व्यवधान उत्पन्न हुन सक्ने, खर्च ज्यादा हुने, असमझदारी बढने योग भएकोले आज झगडा र विवादबाट बच्नुहोला, 

कर्कट राशी-हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समय राम्रो रहने छ । धन लाभ  हुने, रोकिएको कार्यहरु बन्ने छन पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ,  विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थ्य उत्तम हुने, पारिवारिक जमघटमा सरिक भइने, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास  मनोरन्जनमा मन जान सक्ने । वस्त्र, वाहन वा अन्य भौतिक सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने योग छ, कार्य स्थल र व्यवसायमा सफलता हात पर्नेछ

सिंह राशी-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन राम्रो रहनेछ । आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, कठोर परिश्रम बाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, कार्य स्थलमा सहयोग पाइने, उत्तम पारिवारिक सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । विद्यार्थीहरुलाइ समय राम्रो भएपनि लगानीलाइ भने दिन अनुकुल छैन ।

कन्या राशी-रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सचेत हुनुपर्ने समय छ । सन्तान पीडा, बन्धुबान्धव तथा आफन्तजन सँग मनमुटाव हुन सक्ने, कार्य हानी, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेकोले आज लगानी नगर्दा राम्रो, पेटमा समस्या आउन सक्छ, पारिवारिक मनमुटाव बढन सक्छ, अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।

तुला राशी-रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सावधानी अपनाउनु पर्ने दिन छ , अरुलाई अविश्वास गर्नुपर्ने अवस्था आउन  सक्छ, बन्धु बान्धवहरुलाइ कष्ट तथा पिडा हुन सक्छ, धनको अपव्यय, आरोप लाग्ने वा झमेला हुने खालको दिन छ, नजिकको मान्छे अथवा कुटुम्ब सँगको विवादको कारणले मन अशान्त रहन सक्छ, दुख कष्ट बन्धन रोग आदिमा वृद्धि, रिस गर्नेहरु बढनेछन, पारिवारीक वा दाम्पत्य सुखमा कमी, कलह, अथवा कार्य बाधा जस्ता अशोभनीय फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सचेत रहनु होला ।

वृश्चिक राशी-तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन राम्रो रहने छ । आँट साहस बढने, धन वाहन प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, मन प्रसन्न हुने, छोटा दुरीको यात्रा, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख, शत्रुहरु परास्त हुनेछन् , नोकरीमा पदोन्नति हुने योग चलेको छ ,

धनु राशी-ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

दिन अनूकूल छैन । आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढन सक्ने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । बल, साहस, तेज, अहम्पना बढने, संचित धन आदिमा नकारात्मक असर गर्ने योग छ, मनमा गलत विचारहरु आउने । मानहानी वा चित्त दुख्ने स्थिति आउन सक्छ । व्यवसायमा घाटा छ , लगानीलाई समय प्रतिकूल छ,

मकर राशी-भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

दिन राम्रो रहनेछ । भौतिक सुख, स्त्रि सुख उत्तम भोजन, वस्त्र लाभ, आदर सत्कार, मित्रहरुबाट सहयोग जस्ता शुभ फल दिन्छ,  अन्न वस्त्र तथा सुगन्धित पदार्थको लाभ दिने तथा शत्रु पराजित हुने दिन हो ,

कुम्भ राशी-गु, गे, गो, सा, सि, सु, से, सो, दा

दिन प्रतिकुल छ । घर परिवार तथा कुटुम्बबाट मतभेद या विछोड गराउन सक्छ, प्रतिष्ठित व्यक्तिसँग विवाद, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि, आर्थिक अभाव । मानसिक अशान्ति र छटपटि बढने । निर्णयहरु गलत हुन सक्ने, इष्र्याको भावना पलाउने आदि हुन सक्छन । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ,

मीन राशी-दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

दिन राम्रो रहनेछ  । शुभ समाचारहरु आउन सक्छन् । शरिरको कान्ति वृद्धि , आर्थिक लाभ । शत्रु नाश । मित्र बाट फाइदा । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोग विलासमा मन जानेछ ।। नयाँ कार्यको शुरुवात गर्नलाई दिन राम्रो छ । संचित धनमा वृद्धिको योग छ । आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, प्रयास गर्नुहोला। अडकिएका कार्यहरुले गति लिनेछ । मान सम्मान मा बृद्धि, पद, सम्मानको प्राप्ति   प्रेम सम्बन्धमा सफलता । विद्यार्थी वर्गलाई राम्रो ।  सन्तानको लागि खर्च हुन सक्नेछ । स्वास्थ्यको भने ख्याल गर्नुहोला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *